मुम्बई इण्डियन्ससँग सनराइजर्स हैदराबाद ७ विकेटले पराजित

<span class='c1'>मुम्बई इण्डियन्ससँग सनराइजर्स हैदराबाद</span> <span class='c2'>७ विकेटले पराजित</span>

काठमाडौं । इण्डियन प्रमियर लिग आईपीएलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ ।

सोमबार मुम्बईस्थित वाङ्खडे क्रिकेट स्टेडियममा भएको खेलमा सुर्यकुमार यादवले ५१ बलमा शतकीय योगदान दिँदा घरेलु टोलीले गुमाइसकेको खेल जितेको हो । ५१ बल सामना गरेका सुर्यकुमार यादव १०२ बनाएर नटआउट रहे ।

सुरुमै घाइते भएका सुर्यकुमारले १२ चौका र ६ छक्का प्रहार गरे । उनलाई क्रिजमा साथ दिएका तिलक वर्माले पनि ३७ रन बनाए । तिलकले ६ वटा चौका प्रहार गरेका थिए । १७४ रनको लक्ष्य पछ्याएको मुम्बईले पाँचौं ओभरमा पुग्दा तीन विकेटको क्षतिमा ३१ रन बनाएको थियो । इशान किसान, रोहित शर्मा र नमन धिर आट भएपछि क्रिकेटमा पुगेका सुर्यकुमार यादव र तिलक वर्माले १४३ रनको साझेदारी गरे ।

चौथो स्थानमा रहेरको हैदराबादले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । राम्रो ब्याटिङ चल्न नसकेको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८ रन बनाएपनि अन्य ब्याटरबाट राम्रो साथ पाएनन् । सँगै आएका ओपनर अभिषेक शर्मा ११, मायंक अगरवाल ५, नितिस कुमार रेड्ड्ीले २०, हेनरिच क्लासेनले २, मार्को यान्सेनले १७, शहबाज अहमेदले ३ रन बनाए । अन्तिममा कप्तान प्याट कमिन्सले ३५ रन बनाएर हैदराबादलाई बलियो योगफल दिलाएका थिए ।

बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्या र पियुश चावलाले तीन तीन विकेट बाँडे । प्लेअफमा पुग्ने ढोका बन्द भइसकेको मुम्बईले १२ खेलबाट आठ अंक जोडेको छ । ११ खेल खेलेको हैदराबादको १२ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्