विराटनगरमा आगामी वर्षदेखि नेपाली ब्राण्डको बिद्युतीय गाडी उत्पादन हुने

<span class='c1'>विराटनगरमा आगामी वर्षदेखि नेपाली ब्राण्डको</span> <span class='c2'>बिद्युतीय गाडी उत्पादन हुने</span>

विराटनगर । विद्युतीय सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झोता गरेको कोशी एन के मोटर्स प्रा.लि.ले एक वर्षभित्रै उत्पादन सुरु गर्ने भएको छ । कोशी एन के मोटर्स कम्पनीका अध्यक्ष टिकाराम पुरीले एक वर्ष भित्रै उत्पादन सुरु गर्नेगरि ‘फाष्ट ट्रयाक’ बाट कार्य प्रक्रिया सुरु गरिएको जानकारी दिएका हुन् ।

उनले सुरुमा विद्यालय तथा कलेज प्रयोजनका सवारी साधन उत्पादन हुने र क्रमशः सबै किसिमका सवारी साधन उत्पादन गरिने जानकारी दिएका छन् । कम्पनी स्थापनाको लागि काम तिब्रतर गतिमा अघि बढाइने अध्यक्ष पुरीको भनाई छ । अध्यक्ष पुरीले कोशी एन.के.मोटर्सको लगानीमा बिद्युतीय गाडी उत्पादन हुने जानकारी दिएका छन् ।

चीनको कम्पनीसँग सम्झौता भएपछि केहि सञ्चारमाध्यममा आए जस्तो कम्पनीका लागि चिनियाँ कम्पनीले लगानी गर्ने कुरा गलत भएको अध्यक्ष पुरीको भनाई छ । लगानी कोशी एन के मोटर्सले नै गर्ने हो, चिनीयाँ कम्पनीले हामीलाई प्राविधिक सहयोग गर्नेछ । त्यस कम्पनीबाट मोटरका लागि आवश्पक पर्ने स्पेयर्स पार्टस् तथा आवश्यक वस्तु खरिद गर्ने तथा दुई वर्षसम्म दक्ष प्राविधिकले सहयोग गर्ने सम्झौता भएको हो ।

नेपालमा लगानी सम्मेलन चलिरहेको अवस्थामा केहि सञ्चार माध्यमहरुले त्यस सँग जोडेर चीनियाँ कम्पनीको लगानी भन्ने विषयमा समाचार प्रकाशन गरेका थिए । त्यसप्रति कम्पनीका अध्यक्ष पुरीले ध्यानाकर्षण भएको जनाएका छन् । त्यस्तो भ्रममा नपर्न समेत आग्रह गर्दछु पुरीले भने–नेपालमा उत्पादन हुने सवारी साधन नेपाली ब्राण्डकै हुनेछ ।

नेपालमै सबै किसिमका चार पाङ्ग्रे सवारी साधन उत्पादनका लागि १७ बैसाखमा कोशी एन के मोटर्स प्रा.लि र चाईनाको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेड बिच द्धिपक्षीय सम्झौता भएको थियो । कोशी एन के मोटर्सले मोरङको बुढीगंगामा १५ विघा क्षेत्रफलमा कम्पनी सञ्चालको तयारी गरेको छ । सुरूवाती चरणमा ३ अर्ब रूपैयाँको लागत रहने कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महिना ७५० गाडी उत्पादन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्