काठमाडौं महानगरले झिलिमिली बत्तीको प्रभाव बारे अध्ययन गर्ने

<span class='c1'>काठमाडौं महानगरले झिलिमिली बत्तीको</span> <span class='c2'>प्रभाव बारे अध्ययन गर्ने</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाले सजावटका लागि सडकलगायतका विभिन्न स्थानमा राखिएका बत्तीको जनस्वास्थ्य, वातावरण र सहरी व्यवस्थापनका कोणबाट अध्ययन गर्ने भएको छ ।

मंगलबार महानगर उप–प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन समितिको बैठकले सडकलगायतका स्थानमा सजावटका लागि बालिएका बत्तीको जनस्वास्थ्य र वातावरणीय प्रभावबारे अध्ययन गर्ने निर्णय गरेको हो ।

बाटा वा सडक आसपास बालिने बत्तीले पैदल वा सवारी यात्रीको स्वास्थ्यमा के कस्तो असर वा प्रभाव पार्छ ? रातको समयमा बास बस्ने तथा उड्ने चराचुरुङ्गी र अन्य जीव जनावरलाई कस्तो असर गर्छ कि गर्दैन ? रुखमा वा बिजुलीका पोलमा बेरेर राखिने बत्तीका तारहरुले रुखलाई असर गर्छ कि गर्दैन ? गर्छ भने कस्तो प्रकारको असर गर्छ भन्ने सन्दर्भमा महानगरले आजको बैठकमा छलफल गरेको थियो । छलफलपछि उपप्रमुख डंगोलले सडक र आसपासमा बालिने सजावटका (झिलिमिली बत्ती) ले सामाजिक तथा व्यावसायिक जीवन, पर्यावरण र जैविक विविधता, स्वास्थ्य र सहजता जस्ता पक्षमा पार्ने प्रभावबारे अध्ययन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्