पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरण : सुनिल पौडेललाई ९ वर्ष कैद, मरासिनीलाई सफाइ

<span class='c1'>पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरण : सुनिल</span> <span class='c2'>पौडेललाई ९ वर्ष कैद, मरासिनीलाई सफाइ</span>

काठमाडौं । नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय तोकिएको छ ।

मंगलबार विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलास शर्माले ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ हजार जरिवाना असुल गर्ने फैसला सुनाएका हुन् ।

पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा गत बैशाख ७ गते नै दोषि ठहरिएका पौडेललाई मंगलबार जरिवाना सुनाइएको हो । पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो । यस प्रकरणमा नेपाल सरकारका सचिव मधुकुमार मरासिनीले भने सफाइ पाइसकेका छन् ।
पौडेलसँग २३ करोड ७५ लाख रुपैयाँ अकुत सम्पत्ति रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
पौडेलले प्रमाण नष्ट गर्न सक्ने ठहरसित त्यसबेलै उनलाई अदालतले थुनामा पठाएको थियो ।

उनलाई गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्