म्याराडोनाको गोल्डेन बल अक्सनमा राखिने

<span class='c1'>म्याराडोनाको गोल्डेन बल</span> <span class='c2'>अक्सनमा राखिने</span>

काठमाडौं । महान फुटबल डिएगो म्याराडोनाको गोल्डेन बल ट्रफी अक्सन (लिलामी)मा राखिने भएको छ ।

म्यारोडोनाले सन् १९८६ को विश्वकपमा उत्कृष्ट खेलाडीको रुपमा प्राप्त गरेको गोल्डेन बल ट्रफी लिलामीमा समावेश गरिएको छ । एगुएट्स अक्सनका अनुसार उक्त ट्रफीको लिलामी फ्रान्समा अर्को महिना हुने छ । अक्सनमा जान लागेको पहिलो गोल्डेन बल भएकाले यसको मूल्य अहिले नै तय भएको छैन । जुन ६ मा फ्रान्समा हुने अक्सनमा यसको निकै महंगो तोकिने अनुमान गरिएको छ ।

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले फाइनलमा पश्चिम जर्मनीलाई ३–२ ले हराएर १९८६ को विश्वकप जितेको थियो । गोल्डेन बल ट्रफी सन् १९८२ को विश्वकपबाट सुरु भएको थियो । म्याराडोनाको मृत्यु २५ नोभेम्बर २०२० मा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्