महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुखसहित एक दर्जनलाई भ्रष्टाचार मुद्दा

<span class='c1'>महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुखसहित</span> <span class='c2'>एक दर्जनलाई भ्रष्टाचार मुद्दा</span>

काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जलेश्वर–१ हाटबजार क्षेत्रको ढलानको काम भएभन्दा बढी मूल्यांकन गरि ५ लाख ८४ हजार ६ सय ३७ रुपैयाँ बढी भुक्तानी दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उक्त योजनासँग सम्बद्ध जनप्रतिनिधि, कर्मचारीसँगै उपभोक्ता समिति पदाधिकारीलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ । आयोगले प्रमुख सुरेश साह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैटौं धीरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सव–इन्जिनियर दीपेशकुमार साहविरुद्ध मुद्दा दायर गरेको छ ।

वरुणसर पोखरी नजिकको बजार क्षेत्रभित्र पीपीसी ढलानको उक्त योजना अनुगमन उपप्रमुख रौशन खातुन, कार्यपालिका सदस्य सोगरा खातुन र जलेश्वर–१ का वडाध्यक्ष अनिलकुमार झाले गरेका थिए । काम सन्तोषजनक भएको भन्दै प्रतिवेदन दिएपछि उपभोक्ता समितिले भुक्तानी पाएको थियो ।

वास्तविकता लुकाएर गलत प्रतिवेदन दिइ उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरेको कारणबाट बढी रकम भुक्तानी भएको देखिएको भन्दै उनीहरु तीन जनालाई पनि आयोगले मुद्दामा प्रतिवादी बनाएको छ ।

यस्तै उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीलाई पनि मुद्दामा प्रतिदवादी बनाइएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्