स्वीस सरकारले नेपाललाई ९.०१ मिलियन स्विस फ्र्यांक सहयोग गर्ने

<span class='c1'>स्वीस सरकारले नेपाललाई ९.०१ मिलियन</span> <span class='c2'>स्विस फ्र्यांक सहयोग गर्ने</span>

काठमाडौं । स्वीस सरकारले नेपालमा पर्यटन प्रवद्धनका लागि लागि ९.०१ मिलियन स्विस फ्र्यांक आर्थिक सहयोग गर्ने भएको छ ।

अर्थमन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा अर्थमन्त्रालय सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्विस राजदूत डा. डेनियल मेउलीले पदयात्रामा आधारित पर्यटन परियोजनामा सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यसै वर्षदेखि सुरु हुन लागेको चार वर्षे परियोजनाले कोशी प्रदेशका २९ स्थानीय तहका करिब १ लाख स्थानीयवासीलाई प्रत्यक्ष लाभ पु¥याउने लक्ष्य राखेको छ । यस परियोजनाले स्थानीय कला, संस्कृतिको संरक्षण, स्थानीय उत्पादन प्रवर्द्धन, रोजगारीका अवसरहरू सिर्जना गर्न र दिगो पर्यटन अभ्यासहरूलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा राजदूत मेउलीले आयोजनाले दिगो पर्यटन विकास र स्थानीय अर्थतन्त्रलाई प्रवद्र्धन गर्न कोसे ढुंगाको रुपमा काम गर्ने विश्वास व्यक्त गरिन् ।

उनले आयोजनाको कार्यान्वयनले वातावरणमैत्री सामाजिक–आर्थिक प्रगतिमा उल्लेख्य योगदान पुग्ने बताइन् । अर्थमन्त्रालय सहसचिव श्रीकृष्ण नेपालले सन् २०२८ सम्म चल्ने यस आयोजनाले १६ वटा पदमार्ग निर्माणका लागि कोसे ढुंगा साबित हुने बताए । यस परियोजनाले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र साना तथा मझौला उद्योगको विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्