विराटनगरको कान्तिपुर स्कुलमा पत्रकारिता एवं समाचार वाचन तालिम सम्पन्न

<span class='c1'>विराटनगरको कान्तिपुर स्कुलमा पत्रकारिता एवं</span> <span class='c2'>समाचार वाचन तालिम सम्पन्न</span>

विराटनगर । विराटनगर १० कलेज रोडमा रहेको कान्तिपुर माध्यमिक विद्यालयले कक्षा ८ ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी पत्रकारिताको आधारभूत तालिम तथा टेलिभिजनमा समाचार वाचन तालिम सम्पन्न गरेको छ।

प्रशिक्षकको रूपमा आएका पत्रकार महासङ्घ मोरङका पूर्व अध्यक्ष बन्धु पोखरेलले पत्रकारिता सम्बन्धी आधारभूत तालिम दिएका थिए। भने मकालु टेलिभिजनमा कार्यरत समाचारवाचिका सृजना थापाले टेलिभिजनमा समाचार वाचनको तालिम दिएकी थिइन् ।

विद्यार्थीहरूमा बहुआयामिक सीपको विकास गर्नका लागि पत्रकारिता तथा समाचार वाचनको तालिमको आयोजना गरिएको विद्यालयका भाइस प्रिन्सिपल देवीलाल महताेले जानकारी दिए।

गत वर्षदेखि यस विद्यालयले बेलायती शैक्षिक संस्थाबाट अनुबन्धन प्राप्त होटल म्यानेजमेन्टको विशेष तालिम कक्षाहरू पनि सञ्चालन गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्