सेन्ट्रल डोजो रानी संघलाई खेलकुदका सामग्री हस्तान्तरण

<span class='c1'>सेन्ट्रल डोजो रानी संघलाई</span> <span class='c2'>खेलकुदका सामग्री हस्तान्तरण</span>

विराटनगर । नेपाल फुल कन्ट्याक कराँते सेन्ट्रल डोजो रानी संघलाई खेलकुदका सामग्री हस्तान्तरण गरिएको छ ।

विराटनगरको जुटमिल परिसरमा एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई प्रशिक्षणको बेला आवश्यक पर्ने खेलकुदका सामग्री संघलाई हस्तान्तरण गरिएको हो ।

विराटनगर महानगरपालीका वडा नम्बर ९ का वडा अध्यक्ष विश्वनाथ भगतले सेन्ट्रल डोजो रानी विराटनगर मोरङ संघका अध्यक्ष गोपाल लाल सिंहलाई सामग्री हस्तान्तरण गरेका थिए । फुल कन्ट्याक कराँतेका खेलाडीलाई प्रशिक्षण गर्दा चाहिने फोरम्याट, हेडगार्ड, हेन्डग्लब्स, सिमगार्ड, गुसिङगार्ड, चेष्ट गार्ड लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो । साथै कार्यक्रममा नेपाल केकोसिन बुँदो कराँते साकाई रानीका खेलाडीहरुलाई चरण गतका बेल्टहरु समेत वितरण गरिएको थियो ।

खेलाडीहरुलाई नेपाली काग्रेस मोरङका नेता कृष्ण कार्की , संजय मण्डल, रामलाल नगरकोटी, पाल्टेन लामा, सेराज खुर्सी , पप्पु सुब्बा, विराटनगर महानपालीकाका वडा नम्बर १६ वडा अध्यक्ष उद्धव भुजेल र रोशन ठकुरी लगायतले खेलाडीहरुलाई तहगत अनुसारको बेल्ट वितरण गरेका थिए । संघलाई खेलकुदका सामाग्री हस्तान्तरण पश्चात दुवै वडाका अध्यक्षहरुले खेलाडी तथा संघलाई आगामी दिनहरुमा पनि आफुले सकेको सहयोग गर्दै जाने प्रतिबद्धता जनाए ।

यता खेलाडीहरुले प्रशिक्षणको बेला आवश्यक पर्ने खेलकुदका सामग्री पाएसँगै हर्षित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्