पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ घट्यो

<span class='c1'>पेट्रोलमा प्रतिलिटर ७</span> <span class='c2'>रुपैयाँ घट्यो</span>

काठमाडौं । पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ। नयाँ दरअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको खुद्रा मूल्य प्रति लिटर १७८ रुपैयाँबाट १७१ भएको छ भने सुर्खेत र दाङमा प्रति लिटर १७७ बाट १७० भएको छ ।

यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १७५ रुपैयाँ ५० पैसाबाट १६८ रुपैयाँ ५० पैसा भएको निगमले जनाएको छ । यस्तै डिजल र मट्टितेल काठमाडौं, पोखरा र दिपायलमा १५९ बाट १५४ रुपैयाँ भएको छ । सुर्खेत र दाङमा प्रति लिटर १५८ बाट १५३ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५६ रुपैयाँ ५० पैसाबाट १५१ रुपैयाँ ५० पैसा भएको छ ।

इन्डियन आयल कर्पोरेसनले १५/१५ दिनमा पठाउने मूल्यसूचीका आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्