संसद अवरोध रोक्न सभामुख सक्रिय, प्रधानमन्त्री र प्रमुख सचेतकसँग छलफल

<span class='c1'>संसद अवरोध रोक्न सभामुख सक्रिय,</span> <span class='c2'>प्रधानमन्त्री र प्रमुख सचेतकसँग छलफल</span>

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।

प्रतिनिधि सभाको आज बस्ने बैठक सञ्चालनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरोध जारी राख्ने घोषणा गरेको सन्दर्भमा सभामुखले छलफल गरेका हुन् ।

सभामुखले प्रधानमन्त्री दाहालसँग फोनमा कुरा गरेका थिए भने प्रमुख सचेतकहरुसँग सामुहिक छलफल गरे ।

सभामुख सचिवालयका अनुसार, बैठक सहज बनाउन सभामुखले नेताहरुसँग पनि सम्वाद जारी राखेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी देखि राप्रपासम्मका संसदमा रहेका दलका प्रमुख सचेतक सभामुखसँगको छलफलमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्