प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बैठक स्थगित

<span class='c1'>प्रतिनिधि सभामा हात हालाहालको स्थिति</span> <span class='c2'>सिर्जना भएपछि बैठक स्थगित</span>

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ सुरु भएलगत्तै बैठक स्थगित भएको छ ।

गृहमन्त्री रवि लामिछानेमाथिको सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति गठनको मागलाई बेवास्ता गर्दै सरकारले संसद् बैठक सञ्चालन गर्न खोजेपछि कांग्रेस प्रतिवादमा उत्रिएको हो ।

कांग्रेस सांसदको नाराबाजीबीच सभामुखले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिइएको घोषणा गरेका थिए । तर, उनी रोष्ट्रममा पुग्नै पाएनन् । कांग्रेस सांसदको नाराबाजीपछि सत्ता पक्षका नेताहरु प्रतिवादमा उत्रिएपछि झण्डै हात हालाहालको स्थिति सिर्जना भएको थियो । सभामुख देवराज घिमिरेले बैठक शुक्रबार दिउँसो ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन् ।

उनले कांग्रेसको अवरोधका बीच मन्त्री नियुक्ति बारेको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरू भने पढेर सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्