सनराइजर्स हैदरावाद प्ले अफमा

<span class='c1'>सनराइजर्स हैदरावाद</span> <span class='c2'>प्ले अफमा</span>

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल रद्द भएको छ ।

हैदरावादमा बिहिबार साँझदेखि रातिसम्मै पानी परेपछि दुवै टिमले एक –एक अंक लिएर खेल रद्द भएको हो । खेल रद्द भएपछि हैदरावाद प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ ।

अब टोलीले मे १९ मा हुने खेलमा पञ्जाबलाई हराएर १७ अंक मात्र पु¥याउन सक्छ । अर्कोतर्फ, गुजरातको लगातार दोस्रो खेल वर्षाका कारण रद्द भएको छ। गुजरातले १४ खेलपछि १२ अंक मात्र जोड्न सकेको छ । यसअघि कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले प्लेअफमा स्थान पक्का गरेका थिए ।
आइपीएलमा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्स भिड्ने छन् । यो खेल राति पौने ८ बजे सुरुहुने छ ।
मुम्बई पुछारमा रहँदै यो सिजन बाहिरिसकेको छ भने लखनऊ १२ अंकका साथ तालिकाको सातौं स्थानमा रहे पनि प्लेअफको एकदमै झिनो आशामा बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्