‘मिस पिंक २०२४’ को उपाधिको ताज झापा दमककी अनमोल राईलाई

<span class='c1'>‘मिस पिंक २०२४’ को उपाधिको</span> <span class='c2'>ताज झापा दमककी अनमोल राईलाई</span>

विराटनगर । ट्रान्स वुमनहरुको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता स्वरुप आयोजना गरिएको ‘मिस पिंक २०२४’ को उपाधिको ताज झापा दमककी अनमोल राईले पहिरिएकी छन् । १८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै राईले मिस पिंकको उपाधि उचालेकी हुन्। राईले १ लाख रुपैयाँ नगद पुरस्कार समेत पाएकी छन्।

ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि आयोजना गर्दै आएको मिस पिंकको उपाधि विजेता राईले नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्ड जाने अवसर समेत पाउने भएकी छन् । प्रतियोगिताबाट ७५ हजार रुपैयाँ राशिको फस्ट रनर अपको उपाधि हेटौडाकी सरोजी न्यौपानेले पाएकी छन्।

त्यसैगरी ५० हजार रुपैयाँ राशिको सेकेन्ड रनरअपको उपाधि उर्लाबारी मोरङकी आरोही बस्नेतले पाएकी छन्।
लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर ब्यूटी ट्यालेन्ट प्रतियोगिताको फाइनल राउन्ड बिहीबार नाचघरमा सम्पन्न भएको थियो । १८ जना प्रतिस्पर्धी मध्ये पहिलो चरणमा टप टेन सार्वजनिक गरिएको थियो। टप टेनमा सामाग्री बोगटी, आरोही बस्नेत, अनमोल राई, पल्लबी मगर, प्रियङ्का न्यौपाने, सायरा गुरुङ, अविना कटवाल, ल्याकमी गिरी, सरोजी न्यौपाने र सुदिप सुब्बा परेका थिए। टप टेनमा परेका मध्ये सुदिपा सुब्बा, अनमोल राई, प्रियङ्का न्यौपाने, सरोजी न्यौपाने र आरोही बस्नेत टप फाइभमा परेका थिए।

विश्व स्वास्थ्य सङ्गठनले समलिङ्गी हुनु मानसिक रोग नभएको घोषणा गरेको अवसरमा मिस पिंक आयोजना गरिएको आयोजक व्लु डाइमण्ड सोसाइटीले जनाएको छ । सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले समुदायको मुद्दा वकालत गर्न र क्षमता अभिवृद्धि गर्दै समाजमा सकारात्मक प्रभाव बढाएर समुदायमा रहेका व्यक्तिहरुलाई सामाजिक रुपमा स्थापित गरी विभेदरहित कानुन र सकारात्मक समाजको वातावरण निर्माण गर्न दबाब स्वरुप मिस पिंक आयोजना गरिएको बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्