‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कुरै छैन’ माधव नेपाल

<span class='c1'>‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने</span> <span class='c2'>कुरै छैन’ माधव नेपाल</span>

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा दुईमत नभएको बताएका छन् ।

आज पेसागत महासंघ नेपालको २९औं स्थापना दिवस तथा ‘सहयात्रा’ विमोचन समारोहमा नेपालले आफ्नो पार्टी नै सरकारमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने प्रश्नै नउठ्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘भोली नै प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा पनि चलेको छ, हामी यो सरकारमा सहभागी छौं । त्यसकारण हामीले विश्वासको मत दिने नदिने कुरामा प्रश्न उठाउने कुरा नै हुँदैन । कसैले पनि यसमा शंका नगरे हुन्छ । यो सरकारलाई हाम्रोण् विश्वासको मत प्राप्त हुनेछ ।’
नीति तथा कार्यक्रमको सन्दर्भमा संसदमा छलफलको ढोका नखोल्दा संवैधानिक जटिलताहरु खडा हुने भन्दै सहमतिको बुँदामा पुग्न आवश्यक भएको नेपालले बताए ।

‘आजै संसद अवरोधको बारेमा प्रधानमन्त्रीसँग मेरो कुराकानी भयो । यो अवरोध हटाउने कुरामा रास्वपाका नेताहरुसँग पनि मैले कुरा गरें, नेपाली काङ्ग्रेससँग पनि कुरा भयो । यो अवरोध हटाउनु सबैको हितमा हुन्छ, सहमतिको बुँदामा पुग्नु आवश्यक छ । नभए त हामी ठूलो संकटमा पर्छौं । नीति र कार्यक्रमको सन्दर्भमा संसदमा छलफल गर्ने ढोका नखोल्दा के के संवैधानिक जटिलता खडा हुन्छ । यसलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ’ पूर्व प्रधानमन्त्री नेपालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्