विराटनगर । विगत ७ वर्ष वर्षदेखि नेपालमा विभिन्न सफल कार्यक्रम, इभेन्टस, सौन्दर्य प्रतियोगिता, फेशन शो, च्यारिटी शो लगायत आयोजना गरेर राम्रो नाम कमाउन सफल ग्रेस इभेन्ट्सले विराटनगर, धरान, झापामा ‘मिस्टर एण्ड मिस ग्रेस एसईई २०२४’ आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा सहभागीताका लागि २०८० सालको एसईइको परिक्षा दिएको हुनुपर्ने आयोजकले जनाएको छ।
शिक्षा सबैको लागि भन्ने मुख्य उद्देश्यका साथ गर्न लागिएको यस सौन्दर्य प्रतियोगिताले गर्दा मोडलिङमा मात्र नभई सामाजिक, शिक्षा क्षेत्रमा विभिन्न क्रियाकलाप समेत विकास हुने ग्रेस इभेन्ट्सले विराटनगर शाखाका निर्देशक भुषण पोमूले बताए।
मोडलिङ क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने किशोर किशोरीले यस् प्रतियोगिताको छनौट चरण मार्फत प्रतिष्पर्धा गर्दै एक महिने विशेष तालिम गराई विभिन्न अनुभवी ट्रेनर, कोरियोग्राफरबाट मोडलिङ लगायतका प्रशिक्षण तथा ज्ञान उपलब्ध गराईने छ । त्यस लगायत उदघोषण तालिम, फोटोसुट, क्यामफायर, राफ्टिङ, मोटिभेसन क्लास तथा व्यक्तिगत विकास सम्बन्धी विशेष प्रशिक्षणको व्यवस्था गरिएको ग्रेस इभेन्ट्सले विराटनगर शाखाले जनाएको छ।
विराटनगरमा रहेको भाइरलहुड डान्स स्टुडियोमा आइतबारदेखि तालिम संचालन भैरहेको हुदा इच्छुक विद्यार्थीहरुले ९८१५३५२४९७, ९८५२०२०९०८ यस नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन् इच्छुकले तालिम शुल्कका रुपमा प्रती व्यक्ती ८ हजार रुपैयाँ बुझाउने पर्ने शर्त राखिएको र बिजेताले पुरस्कार स्वरुप नगद पुरस्कार, राफ्टिङ, परिवारसंग क्यामफायर, गिफ्ट ह्याम्पर लगायतका पुरस्कारहरु प्राप्त गर्ने आयोजकले जानकारी गराए ।