राष्ट्रियसभाको बैठक स्थगन

<span class='c1'>राष्ट्रियसभाको बैठक</span> <span class='c2'>स्थगन</span>

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर स्थगित भएको छ ।

आज दिउँसो १ः१५ मिनेटका लागि तय भएको बैठक विशेष कारण बस्न नसकेको भन्दै संसद सचिवालयले सूचना प्रकाशन गरेको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएको छ ।

उक्त समिति गठन गर्ने विषयमा प्रमुख दलका शीर्ष नेताबिच समझदारी भए पनि समितिको कार्यक्षेत्र निर्धारणका विषयमा कार्यदलस्तरमा सहमति जुटन नसक्दा राजनीतिक अवरोध हुँदै आएको छ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ ११ गते शुक्रबार दिउँसो १ः१५ मिनेटमा बस्ने छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्