टी–२० क्रिकेट सिरिजमा अमेरिकासँग बंगलादेश ५ विकेटले पराजित

<span class='c1'>टी–२० क्रिकेट सिरिजमा अमेरिकासँग</span> <span class='c2'>बंगलादेश ५ विकेटले पराजित</span>

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट अघि खेलिएको सिरिजमा बंगलादेशले अमेरिकासँग ५ विकेटले पराजय भोगेको छ । तीन खेलको सिरिजमा अमेरिकाले १–० को अग्रता बनाउन सफल भयो । पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

जवाफमा अन्तिम ओभरको ३ बल बाँकी हुँदा अमेरिकाले ५ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । अमेरिकाको जितको नायक २०१२ को अन्डर नाइनटीन विश्वकप जित्ने भारतीय टोलीका सदस्य हरमित सिंह रहे । उनले १३ बलमा नटआउट ३३ रनको पारि खेल्दै प्लेयर अफ दी म्याच पनि बनेका थिए।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । यस अवधिमा टोलीका लागि सर्वाधिक रन तौहिद हृदयको ब्याटबाट आएको थियो । उनले ४७ बलमा चार चौका र दुई छक्काको मद्दतले ५८ रन बनाएका थिए । अनुभवी महमुदुल्लाहले २२ बलमा ३१ रनको योगदान दिए । तर, लिटन दास (१४), सौम्य सरकार (२०), कप्तान नजमुल हुसेन शान्तो (३) र शकिब अल हसन (६) ले ठूलो इनिङ खेल्न सकेनन् ।

जसका कारण टोलीले अपेक्षा अनुसार स्कोर गर्न सकेन । अमेरिकाका लागि स्टिभन टेलरले सर्वाधिक २ विकेट लिए । सौरभ नेत्रवलकर, अली खान र जेसी सिंहले एक–एक विकेट हात पारे । १५४ रनको लक्ष्य पछ्याएको अमेरिकालाई चौथो ओभरमा पहिलो झटका लागेको थियो । कप्तान मोनांक पटेल १२ रन बनाएर २७ रनमा आउट भए । एन्ड्रियास गौस १८ बलमा २३ रन बनाएर पभेलियन फर्किए भने स्टिभन टेलर २९ बलमा २८ रन बनाएर फर्किए । थप दुई विकेट खसेपछि स्कोर ९४÷५ मा पुग्यो । बंगलादेशको टोली पुनरागमन गर्न सफल देखिएको थियो । तर यहाँबाट हरमित सिंह र कोरी एन्डरसनले अन्तिम अन्तिमतिर २८ बलमा ६२ रनको नटआउट साझेदारी गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका थिए । एन्डरसनले २५ बलमा नटआउट ३४ रन बनाए भने हरमितले १३ बलको सामना गर्दै नटआउट ३३ रनको इनिङ्स खेले । उनको इनिङ्समा दुई चौका र तीन छक्का पनि सामेल थिए । बंगलादेशका मुस्तफिजुर रहमानले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्