कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया तीन दिन हिरासतमै रहने

<span class='c1'>कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया</span> <span class='c2'>तीन दिन हिरासतमै रहने</span>

काठमाडौं । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

नागरिकता किर्ते कसुरमा पक्राउ परेका सिरोहियामाथि अनुसन्धान गर्न तीन दिन थुनामा राख्न अनुमति दिएको जिल्ला अदालत धनुषाले जनाएको छ । बुधबार न्यायाधीश चुडामणि खड्काको इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले भने अनुसन्धानको लागि पाँच दिन म्याद थप गर्न अदालतसँग माग गरेको थियो । सिरोहियालाई प्रहरीले मंगलबार कान्तिपुर मिडिया ग्रुपको मुख्यालयबाटै पक्राउ गरेर धनुषा लगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्