पुरानो संसद भवन प्रबलीकरणको काम छिटो सक्न दबाब

<span class='c1'>पुरानो संसद भवन प्रबलीकरणको</span> <span class='c2'>काम छिटो सक्न दबाब</span>

काठमाडौं । सांसद मदन कुमारी शाह (गरिमा) ले पुरानो संसद भवनको प्रबलीकरणको काम छिटो सम्पन्न गर्न समितिले निर्देशन गर्नुपर्ने बताएकी छन् ।

बुधबार समितिमा उनले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायनसमितिको आन्तरिक काम कारबाही सम्बन्धी छलफलमा उनले सम्बन्धीत मन्त्रालयको मन्त्री, सचिव, डिजी, भवन विभागको प्रमुख सबैसँग छलफल गर्दा पनि काम अगाडि नबढेको भन्दै यसमा समितिले निर्देशन गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘प्रतिनिधि सभाको एउटा संसदीय इतिहास बोकेको संसदको पुरानो भवनको इतिहासलाई जोगाउनका लागि र भत्काउनको लागि रोक्न सफल भयांै ।यसको पर्वलीकरणको लागि हामीले धेरै पटक सम्बन्धीत मन्त्रालयका मन्त्री, सचिव, डिजीलगायत भवन विभागको प्रमुख सबैलाई समितिमा बोलाएर छलफल पनि गरेका हौं र अहिलेसम्म यसको सुरुवात भएको छैन् । यसलाई छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ । यसको लागि समितिबाट निर्देशन हुनुपर्छ ।’
उनले प्रबलीकरणको कार्य अगाडि बढ्छ भन्ने कुरा आएपनि औपचारिक तरिकाले औपचारिक संस्थाबाट माग गर्नुपर्ने पनि बताइन् ।

यसको साथै समितिले भ्रमण गरेका सांस्कृतिक, पुरातत्वीक स्थलहरुको समस्याको बारेमा सम्बन्धीत निकायलाई सुझाव लिखित निर्देशन पनि दिनुपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्