एसिया कप महिला क्रिकेटका लागि क्यानको प्रारम्भिक टोलीमा को-को परे ?

<span class='c1'>एसिया कप महिला क्रिकेटका लागि क्यानको</span> <span class='c2'>प्रारम्भिक टोलीमा को-को परे ?</span>

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटको लागि प्रारम्भिक टिम घोषणा गरेको छ ।

क्यानले बिहीबार २८ खेलाडी सहभागी प्रारम्भिक टोली घोषणा गरेको छ । प्रारम्भिक टोलीमा इन्दु बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र उनीहरुलाई क्लोज क्याम्पबाट छनोट पश्चात् अन्तिम टोलीमा पुर्याइने क्यानले जनाएको छ ।

क्लोज क्याम्पका लागि छानिएका खेलाडीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, काजोल श्रेष्ठ (विकेट किपर) पुजा महतो, डोली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोदार (विकेट किपर) रहेका छन् ।

यस्तै, खुशी डंगोल, लक्ष्मी साउद, अलिशा खदिया, अप्सरा बेगम, करुणा भण्डारी, अश्मिना कर्माचार्य, संगीता राई, आरती महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन, हेलिशा गुरुङ २८ सदस्यीय टोलीमा सामेल छन् । महिला एसिया कप जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने तय भएको छ । प्रतियोगिताको यो संस्करण आठ देश सहभागी हुने छन् । एशिया कपमा नेपाल समुह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समूह ‘ए’ मा रहेको छ।

नेपालले आफ्नो पहिलो खेल एसिया कपको उदघाटनकै दिन जुलाई १९ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा युएईविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसीसीले यसअघी सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्