स्व: कृष्ण देवान स्मृति पुरस्कार इडेन बर्गकी सृजन कुमारी मेहतालाई

<span class='c1'>स्व: कृष्ण देवान स्मृति पुरस्कार</span> <span class='c2'>इडेन बर्गकी सृजन कुमारी मेहतालाई</span>

विराटनगर । विराटनगर १० मा रहेको ईडेनबर्ग कलेजले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम गरेको छ । सो कलेजले बिबिएस र बिबिएमा अध्ययन पुरा गरेका विद्यार्थीहरुको बिदाई तथा सोहि संकायमा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरेको हो । विराटनगरको एक पार्टी प्यालेसमा कार्यक्रम आयोजना गर्दै विद्यार्थीहरुको स्वागत तथा विदाई गरिएको हो ।

कार्यक्रमकाबीच यसबर्ष बिबिए र बिबिएसमा भर्ना हुन आएका ४ सय ११ जना विद्यार्थीलाई स्वागत तथा ४ बर्षे कोर्ष पुरा गरेका २ सय जना विद्यार्थीलाई विदाई गरिएको ईडेनबर्ग कलेजका प्रिन्सिपल दिपनारायण साहले जानकारी दिनुभयो । सो अवसरमा बिबिएस तेश्रो बर्षमा अध्ययरत सृजना कुमारी मेहतालाई स्वर्गिय कृष्ण देवान स्मृति पुरस्कार २०८१ बाट पुरस्कृत गरिएको छ ।

पुरस्कार अन्र्तगत मेहतालाई एकबर्षमा लाग्ने सम्पुर्ण शुल्क उपलब्ध गराईएको छ । उक्त पुरस्कार कलेजका पुर्व कर्मचारी स्वर्गिय कृष्ण देवानको स्मृतिमा उहाँका छोरा पत्रकार प्रेम देवानले स्थापना गरेका छन । यसैगरि बिबिएस दोश्रो बर्षमा अध्ययनरत आरिफ अंसारीलाई कलेजको तर्फबाट छात्रबृति प्रदान गरिएको छ । हाल ईडेनबर्ग कलेजमा १ हजार ३ सय ५० जना विद्यार्थी अध्ययनरत रहेको कलेजका संचालक भुवन नेपालले जानकारी दिनुभयो ।

सो अवसरमा विद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत प्रर्दशन गरेका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह परीक्षा नियन्त्रक डिल्ली प्रसाई र कोबास कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठ लगायतको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्