साउदी अरबमा राजकुमारलाई दिइयो मृत्युदण्ड

<span class='c1'>साउदी अरबमा राजकुमारलाई</span> <span class='c2'>दिइयो मृत्युदण्ड</span>

साउदी । साउदी अरबका एक राजकुमारलाई मृत्युदण्ड दिइएको छ । त्यहाँको गृह मन्त्रालयका अनुसार तीन वर्ष पहिले राजधानी रियादमा एक व्यक्तिको हत्या गरेको आरोपमा राजकुमारलाई मृत्युदण्ड दिइएको हो ।
प्रिन्स तुर्की बिन सउद अल कबीरलाई मृत्युदण्ड दिइएको छ । यद्यपि उनलाई कसरी मृत्युदण्डको सजाय दिइयो प्रष्ट भएको छैन । साउदी अरबमा धेरै मृत्युदण्ड शिर छेदन गरेर दिने गरिन्छ ।
समाचार एजेन्सी एएफपीका अनुसार राजकुमार यो वर्ष मृत्युदण्ड पाउन १३४ औं व्यक्ति हुन् । यद्यपि शाही परिवारका कुनै सदस्यलाई मृत्युदण्ड दिइएको यो दुलर्भ घटना हो । साउदीको गृह मन्त्रालयका अनुसार राजकुमारले आफ्ना साथीको हत्या अभियोग स्वीकार गरेका थिए । मृत्यदुण्डको घोषणा गर्दै मन्त्रालयले भनेको छ कि यसले हरेक नागरिकलाई भरोसा हुनेछ कि सरकार न्याय र सुरक्षाका लागि प्रतिवद्ध छ ।
अल अरेबियाका अनुसार पीडित परिवारले ब्लड मनी लिन अस्वीकार गरेका थिए, जसका कारण राजकुमारलाई मृत्युदण्ड दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्