संसद्का दुवै सदनको बैठक आज, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

<span class='c1'>संसद्का दुवै सदनको बैठक आज, नीति</span> <span class='c2'>तथा कार्यक्रम पारित गर्ने कार्यसूची</span>

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ ।

दुवै सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको छ । तर संसद्मा अवरोध गर्दै आएको बिपक्षी दल कांग्रेसको अवरोध खुल्नेबारे भने कुनै सहमति भइसकेको छैन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने बिपक्षी दलको मागमा सत्तापक्ष र बिपक्षबीच सहमति हुन सकेको छैन । समिति गठन गर्ने बारे छलफल गर्न बनेको कार्यदलको बैठक निरन्तर बसिरहेको भएपनि कार्यक्षेत्रका विषयमा सहमति नजुट्दा ती प्रयास असफल हुँदै आएका छन् ।

बिपक्षीले निरन्तर संसद् अवरुद्ध बनाएपछि सरकारले नीति तथा कार्यक्रम पनि बहुमतले पारित गरेर अघि बढ्ने तयारी गरेको छ । शुक्रबार दुवै सदनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रम छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्न प्रस्ताव गर्ने कार्यसूची छ ।
सो नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले १ जेठमा संघीय सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । अब जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट पेश गर्ने तयारी छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। त्यसपछि प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्नेछन् ।
सभामा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्ने कार्यसूची छ भने उद्योगमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने उद्योगमन्त्री भण्डारीले राष्ट्रियसभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रस्ताव पेश गर्ने, उठेका सवालहरुमा प्रधानमन्त्रीले जवाफ दिने र पारित गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्