नेपालमा कोरोनाको नयाँ सब भेरियन्ट ‘केपी.१ र केपी.२’ पुष्टि

<span class='c1'>नेपालमा कोरोनाको नयाँ सब भेरियन्ट</span> <span class='c2'>‘केपी.१ र केपी.२’ पुष्टि</span>

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङमा ओमिक्रोनको सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको जानकारी दिनुभयो ।

उक्त भेरियन्ट घातक नभएको डा.बुढाथोकीको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘‘ओमिक्रोनको नयाँ सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको छ । तर यो सब भेरियन्ट सामान्य रुघाखोकी जस्तै भएकाले आत्तिनुपर्दैन ।’’

प्रयोगशालाले केही महिनाको ४० वटा कोरोना सङ्क्रमितको नमुनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतमा ओमिक्रोनका विभिन्न भेरियन्ट पुष्टि भएको थियो । उक्त नमुनामा अनुसार ओमिक्रानेको जेएन वान सातवटा नमुनामा, ओमिक्राेनको बिए टु दुई वटा नमुनामा, केपी.१, १२ वटा नमुनामा, केपी.२, १७ नमुनामा, केपी ४ एउटा नुमनामा पुष्टि भएको थियो ।

यो भेरियन्ट पछिल्लो समय सिंगापुर, अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको छ । गोरखापत्र अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्