प्रतिनिधि सभाः प्रधानमन्त्री र अर्थमन्त्रीको प्रस्तुति विपक्षीको नाराबाजीमै

<span class='c1'>प्रतिनिधि सभाः प्रधानमन्त्री र</span> <span class='c2'>अर्थमन्त्रीको प्रस्तुति विपक्षीको नाराबाजीमै</span>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेका छन् ।

विपक्षीहरुको नाराबाजी र धकेलाधकेलकाबीच पनि प्रधानमन्त्रीले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले भने, ‘राष्ट्रपतिले २०८१ जेष्ठ १ गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष ८१/८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्दछु ।’

यस्तै, बैठकमा अर्थमन्त्री वर्षमान पुनले पनि आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन् । उनी आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ बढ्दा विपक्षी दलका सांसहरुले घेरा हालेर रोकेका थिए । उनले चालू आर्थिक वर्षमा कूल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको बताए ।

उत्पादनमूलक उद्योगको गतिविधिमा ढिलाइ भएपनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्