बजेट वक्तब्य पढ्ने बेलासम्म संसदको अवरोध हटिसक्छ : प्रधानमन्त्री प्रचण्ड

<span class='c1'>बजेट वक्तब्य पढ्ने बेलासम्म संसदको अवरोध</span> <span class='c2'>हटिसक्छ :  प्रधानमन्त्री प्रचण्ड</span>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसद्को अवरोध चाँडै हटाउने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति भइसकेको भन्दै टिओआर बनाउन भोलि सोमबार बिहानसम्म सहमति हुने विश्वास व्यक्त गरे ।

उनले भने,‘हामी सहमति र समझदारीको धेरै नजिक पुगेको महसुस गरेका छौं । आज बिहान मात्र पनि कांग्रेस सभापतिको घरमै पुगेर सहमतिको लागि प्रयास गरेको छु । आशा छ आज र भोलिमा बजेट व्यक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्ने छ भन्ने विश्वास व्यक्त गर्दछु । संसदीय छानविन समिति बनाउने कुरामा सबैको सहमति भै नै सक्यो । टिओआरका कुरा मात्र बाँकी छ । आज बेलुका या भोलि बिहानसम्म सहमति हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्