प्रधानमन्त्री पत्नी सीताका नाउँमा कलेज बनाउन बजेट

<span class='c1'>प्रधानमन्त्री पत्नी सीताका नाउँमा</span> <span class='c2'>कलेज बनाउन बजेट</span>

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वर्गीय पत्नी सीता दाहालको नाउँमा ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याच्युरोपेथी एण्ड यौगिक साइन्स’ कलेज बनाउने भएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नयाँ वर्षको बजेटमा प्रधानमन्त्री पत्नी दाहालको नाउँमा काठमाडौंमा कलेज बनाउन बजेट छुट्याएको बताए ।
उनले भने, ‘ काठमाडौं विश्वविद्यालयमा सीता दाहाल ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याच्युरोपेथी एण्ड यौगिक साइन्स’ कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु ।’

तर, बजेटमा कति रकमको व्यवस्था गरेको भन्ने कुरा अर्थमन्त्री पुनले उल्लेख गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्