निलो आकाश सहकारीको १२ औँ वार्षिकोत्सव नि:शुल्क स्वास्थ्य शिविर

<span class='c1'>निलो आकाश सहकारीको १२ औँ</span> <span class='c2'>वार्षिकोत्सव नि:शुल्क स्वास्थ्य शिविर</span>

विराटनगर । निलो आकाश बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गरी आफ्नो १२ औँ वार्षिकोत्सव मनाएको छ ।

विराटनगर ५ जानकी चौकमा रहेको सहकारीले सरसफाई , स्वास्थ्य शिविर लगायतका सामाजिक कार्य गर्दै वार्षिकोत्सव मनाएको हो ।

सहकारीले सोमबार आफ्नो कार्यालय आसपासमा सरसफाइ कार्यक्रम गरेको छ । विराटनगर महानगरपालिकाको सरसफाईको टिमसहित सहकारीमा आवद्ध सेयर सदस्य तथा स्थानीयवासीको उपस्थितीमा सरसफाई गरिएको सहकारीका अध्यक्ष सुनिल कुमार श्रेष्ठले जानकारी दिए।

त्यसैगरी सहकारीले मंगलबार विराटनगर ५ स्थित सिद्धकाली स्कुल परिसरमा स्वास्थ्य शिविर आयोजना गरेको छ । लाईफ गार्ड हस्पिटलको प्राविधिक सहयोगमा मधुमेह , प्रेसर, सुगर, स्त्री तथा बालरोग सम्बन्धी चेकजाच गरिएको छ । स्वास्थ्य शिविरमा बिरामीहरुलाई नि:शुल्क औषधी समेत वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरमा १०६ बर्षका बुबा कृतिराज गिरीले समेत स्वास्थ्य जाँच गरी कार्यक्रमको सुरुवात गरिएको थियो ।

स्वास्थ्य शिविरमा १३२ जनाले स्वास्थ्य सेवा लिएको सहकारीकी कोषाध्यक्ष विष्णु तामाङ्गले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्