यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

<span class='c1'>यस्तो छ आजको विदेशी</span> <span class='c2'>मुद्राको विनिमय दर</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७९ पैसा र बिक्री दर १३३ रुपैयाँ ३९ पैसा पुगेको छ । मंगलबार डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको थियो । आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा पुगेको छ । मंगलबार युरोको खरिद दर १४४ रुपैयाँ १३ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको थियो ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७५ पैसा र बिक्री दर १७० रुपैयाँ ५२ पैसा रहेको छ । मंगलबार पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २८ पैसा र बिक्री दर १७० रुपैयाँ ०५ पैसामा कारोबार भएको थियो । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसामा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्