विराटनगर । नेपालले एक दशक पछि फेरि आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता खेल्दै छ ।
विश्वभरका क्रिकेट प्रेमिहरूकाे ध्यान विश्वकपमा गईरहँदा नेपालका रेकर्ड मेकर चर्चित अलराउण्डर दिपेन्द्र सिंह ऐरीलाई फिचर गरेर प्राेमाेसनल क्रिकेट एन्थम रिलिज भएकाे छ ।
नेपाली क्रिकेटकाे हिजाे आज र भाेलि, सचित्र भिडियाेमा हेर्न सकिन्छ । तराई पहाड हिमाल सबै ठाउँ पुगेर छायाँकन गरिएकाे गीतलाई संचारकर्मी आर के धितालले निर्देशन गरेका हुन् । नेपाली क्रिकेट प्रेमिहरूका लागि याे गित जितकाे उत्सव हुने उनले दाबी गरेका छन् । विश्वकपकाे यात्रा तय गर्नका लागि खेलाडीहरुले गरेकाे कठिन संघर्षकाे ऐना समेत हाे याे गीत, उनले भने । ग्रेश ईन्टरनेशनलकाे निर्माण रहेकाे गीतमा शंकर स्माईलकाे संगीत, आर के धितालकाे शब्द रचना र देव जंग थापाकाे छायाँकन तथा सम्पादन गरेका छन्।
ग्रेश ईन्टरनेशनलले विगत २ दशकदेखि विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि परामर्श र सहजीकरण गर्दै आएकाे छ । याे वर्ष ग्रेशले युवाहरूकाे वृहत्त विकासका लागि विभिन्न सामाजिक कार्यहरू गर्ने याेजना सार्वजनिक गरेकाे छ । खेलकुद र विशेष गरि नेपाली क्रिकेटकाे विकासका लागि शहरदेखि गाउँसम्मका विद्यार्थीहरूहरूलाई क्रिकेट खेलकाे आयाेजना, खेल सामाग्री वितरण साथै राष्ट्रिय खेलाडीहरुसंग अन्तरकृया र अभ्यास म्याचकाे समेत आयाेजना गर्ने याेजना रहेकाे ग्रेशका संस्थापक निर्देशक एन्ड्रयु पाैडेलले जानकारी दिएका छन् । यहि उदेश्य अनुरूप दिपेन्द्र सिंह ऐरीलाई ग्रेशले सद्भावना दुतका रूपमा अनुबन्ध गरिसकेकाे छ ।
गीत पुरा हेर्नुहोस् :