अमेरिकाले सन्दीपलाई भिसा नदिएर नेपालकै अपमान गर्यो : सांसद शाही

<span class='c1'>अमेरिकाले सन्दीपलाई भिसा नदिएर नेपालकै</span> <span class='c2'>अपमान गर्यो : सांसद शाही</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले एक नेपाली क्रिकेटरको विषयलाई लिएर परराष्ट्र नीतिप्रति नै प्रश्न गरेका छन् ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले क्रिकेटर सन्दीप लामिछानेको भिसा प्रकरण सदनमा उठाएका हुन्।

उनले नेपाल अमेरिकाबीचको परराष्ट्र नीतिमा कुनैपनि देशको आन्तरिक विषयमा हस्तक्षेप गर्ने कुरालाईस्वीकार नगर्ने नीतिमै समावेश भएनि उच्च अदालतले निर्दोष सावित गरेको र आइसीसीले समेत स्वीकृति दिएको व्यक्तिलाई अमेरिकाले भिसानदिएकोमा रोष पोखे । विश्वमा क्रिकेट र फुटवललाई सबैले रुचाउने र यी खेलका माध्यमबाट देशको नाम उँचो हुनेमा जोड दिएका उनले क्रिकेटमा बलिया टोलीका खेलाडीलाई समेत पछि पारेका सन्दीपलाई नेपालले दोस्रो पटक विश्वकप खेल्दै गर्दा भिसाका कारण रोक लगाउनु उचित नभएको तर्क गरे ।

उनले भने, ‘नेपाललाई संसारभर यदी कसैले चिनाउँछन् भने कि कलाकारले कि खेलाडीले । नेताले होइन। सन्दीपलाई भिसा नदिनु सिङ्गो देशमाथि अमेरिकाले गरेको अपमान हो ।’सन्दीप भिसा प्रकरणमा आक्रोशित देखिएका उनले परराष्ट्र नीतिमाथि नै प्रश्न उठाएका हुन् । ‘सभामुखमार्फत परराष्ट्रमन्त्रीलाई सोध्न चाहान्छु हामीले पञ्चशिलको आधारमा परराष्ट्र नीति बनाएको होकि पार्टीको कार्यकर्ताको मेनिफेस्टोको आधारमा परराष्ट्र नीति बनाएको ?’ उनको प्रश्न थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्