साउदी जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ

<span class='c1'>साउदी जाने नेपाली राष्ट्रिय</span> <span class='c2'>फुटबल टिमको बिदाइ</span>

काठमाडौं । विश्वकप फुटबलको छनोटअन्तर्गत यूएईविरुद्धको दोस्रो खेलका लागि साउदी अरब जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई आइतबार बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राजधानीमा एक समारोहको आयोजना गर्दै यूएई र यमनसँगको खेलका लागि साउदी जान लागेको फुटबल टोलीको बिदाइ गरेको हो ।

यसअघि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले वसन्त जिम्बा, आशिकबाबु चौधरीलगायत रहेको २३ सदस्यीय टोलीको घोषणा गरेका थिए ।
नेपालले जेठ २४ गते दशरथ रंगशालामा यूएईको सामना गर्ने तय थियो । तर, एसियन फुटबल महासंघ (एएफसी)ले रंगशाला खेल खेलाउन योग्य नरहेको पुष्टि गरेको थियो । त्यसपछि यो खेल ‘न्युट्रल भेन्यु’ साउदी अरेबियमा सारिएको हो ।
यूएईसँग खेलेको पाँच दिनपछि नेपालले यमनसँग अर्को खेल खेल्ने छ ।

नेपाली टोली :
गोलकिपर : किरण चेम्जोङ (कप्तान), विशाल सुनार, अभिषेक बराल
डिफेन्डर : अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, विशाल बस्नेत, रोहित चन्द
मिडफिल्डर : भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई
फरवार्ड : जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान, आशिकबाबु चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्