विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन (नाबुन) कोशी प्रदेशको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । झापाको बिर्तामोडमा सम्पन्न अधिवेशनबाट विराटनगरकी कला डाँगी प्रदेश अध्यक्षमा सर्वसम्मतले चयन भएकी छिन् ।
त्यसैगरी प्रदेश उपाध्यक्षमा इस्मिता साही ठकुरी, सचिवमा मार्था राई, सह–सचिवमा गंगा चर्माकर र कोषाध्यक्षमा विराटनगरबाटै अमिता पोखरेल चयन भएकी छन्। त्यसैगरी सदस्यहरुमा सृजना बस्नेत , रिना घतानी , नानु लिम्बु , नविना कुमारी तकदार रहेका छन् ।
हाल नाबुन कोशी प्रदेशमा पाँच सय भन्दा बढी सदस्य आवद्ध रहेका छन् । उक्त चुनावी अधिवेशनको उद्घाटन नाबुनकी केन्द्रीय संयोजक पम्फा पहाडीले गरेकी थिइन्। नव निर्वाचित अध्यक्ष डागी विगत १० बर्षदेखी सौन्दर्य व्यावसाय क्षेत्रमा आवद्ध छिन् ।
आफ्नो कार्यकालमा प्रदेशभरी रहेका सौन्दर्यकर्मी महिलादिदिबहिनीहरुको हकहितको लागी पहिलो प्राथमिकतामा राखेर काम गर्ने समेत प्रतिबद्धता जनाएकी छिन् । डागी नेकपा एमाले महानगर कमिटी सदस्य तथा समृद्ध समाज नेपालकी अध्यक्ष समेत रहेकी छिन् । उनले यस अघि पिछडिएका महिला दिदिबहिनीहरुको लागी व्युटिपालर , गुडिया बनाउने तालिम , सिलाई बुनाई तालिम लगायतका धेरै सामाजिक काम गर्दै आएकी छिन् ।
नव निर्वाचित अध्यक्ष र कोषाध्यक्षलाई नावुन महानगरको बदाई तथा शुभकामना
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटि विराटनगरले भर्खरै सम्पन्न नावुन कोशी प्रदेशका नव निर्वाचित कोशी प्रदेश अध्यक्ष कला डागी कोषाध्यक्ष अमिता पोखरेललाई बदाई तथा शुभकामना दिएको छ । डागी यस अघि प्रदेशको सचिव थिईन् भने पोखरेल महानरको पुर्वअध्यक्ष हुन् ।
नव निर्वाचित दुवैलाई राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटि अध्यक्ष भलि सुब्बाले खदा,माला र फुलका गुच्छा , अविर लगाएर आगामी कार्यकाल सफलताको शुभकामना दिएकी थिईन् । त्यसैगरी कार्यक्रममा नाबुन केन्द्रीय संयोजक पम्फा देवकोटा पहाड़ी , नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला नाबुन केन्द्रीय महासचिव, केन्द्रीय उप महासचिव , केन्द्रीय सदस्य, महानगरका पदाधिकारी लगायतले कार्यकालको सफलताको शुभकामनासँगै बदाई दिएका थिए ।