माग सम्बोधन गराउन सरकारी गाडीमा तोडफोड

<span class='c1'>माग सम्बोधन गराउन</span> <span class='c2'>सरकारी गाडीमा तोडफोड</span>

प्रेम देवान
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आईतबार बिहान विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड गरे । विद्यार्थीले विराटनगर १२ स्थित क्याम्पसको गेटअगाडि सडकमा गुडिरहेको कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।

त्यस्तै विराटनगर–१२ पञ्चालीस्थित कञ्चनजंघा पार्टी प्यालेस अगाडी सडकमा पार्किङ गरेर राखिएका ५ वटा गाडीमा तोडफोड गरी क्षति पु¥याएका छन्। पार्टी प्यालेसमा नेपाल विद्युत प्राधिकरणको एकदिने गोष्ठी थियो । कार्यक्रममा सहभागी हुन आएकाहरुले प्रयोग गरेको विद्युत प्राधिकरणका गाडीमा विद्यार्थीहरुले आएर अराजक शैलीमा तोडफोड गरेको प्राधिकारणका क्षेत्रीय निर्देशक उमेश कुमार झाले जानकारी दिनुभयोे ।

‘हामी कार्यक्रममा भित्र थियौ १०–१२ जनाको समूहमा आएका युवाहरुले ढुङ्गामुडा गर्दै गाडीका सबै झ्यालहरु तोडफोड गरिदिए’ झाले भन्नुभयो,‘ हातमा ईटा ढुङ्गा र पेट्रोल थियो । हामीले प्रतिकार गर्न खोज्दा खोज्दै पनि उल्टै हामीहरुलाई हातपात गर्न खोजे,’ तत्काल हामीले प्रहरीलाई खबर गर्यौ त्यतिन्जेल सम्म प्रर्दशनकारीहरु फरार भईसेकेको थिए ।
विद्यार्थीहरुले बी–एबी ८१८०, बागमती प्रदेश ०१–००१ ञ २७०१, बा १ ञ २४१९, बाग्मती प्रदेश ०१–००१ ञ २७९० र बा १ ञ १८८७ नम्बरको गाडीमा तोडफोड गरेका छन् । ढुंगामुडा र तोडफोडबाट ५ वटै गाडीका सिसाहरु कामै नलाग्ने गरी फुटाईदिएका छन् ।
यसैक्रममा विद्यार्थीहरुले त्यहाँ रहेको बा १ ञ १८८७ नम्बरको गाडीमा पेट्रोल छर्केर आगजनी गर्ने प्रयास गरेका थिए । तर, प्रहरी र कार्यक्रममा सहभागीहरुले गाडी आगजनी हुनबाट जोगाए । सरकारी गाडीमा आगजनी र तोडफोड गर्नेहरु सिसी क्यामारा कैद भएका कारण उनीहरुको खोजी तीव्र बनाईएको मोरङ प्रहरीले जनाएको छ । ‘घटनामा संलग्नको पहिचान समेत भईसकेको प्रहरीले जनाएको छ ।

सरकारी सवारीसाधनमा आगजनी र तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याएर छाड्ने मोरङ प्रहरीको दावी छ । यता फोडफोडपछि विद्यार्थीको समूह क्याम्पस अगाडी पुगेर कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका थिए ।
उक्त गाडीमा चालक र आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी सवार थिए । क्याम्पस अगाडी विद्यार्थीले आन्दोलन गर्दैगर्दा कार्यलयतर्फ जाने क्रममा चालक र अधिकारीलाई उत्रन लगाएर पेट्रोल छर्केर आगजनी गरेका थिए ।
विराटनगर महानगरपालिकाको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगोले जलेर गाडी पूर्णरूपमा क्षतिग्रस्त भएपछि मात्रै विराटनगर महानगरपालीकाको बारुणयन्त्रले आगजनी नियन्त्रणामा लिएको थियो । यद्यपी विद्यार्थीहरुले भने दमकलले आगलागीलाई नियन्त्रणमा लिने प्रयास गर्दैगर्दा ढुंगामुडा गरेका थिए । महेन्द्र मोेरङ क्याम्पसका स्ववियु अध्यक्ष जसवन्त पौडेलले भने विद्यार्थीहरुले राखेका आफ्ना मागहरुको सुनवाई नभएपछि कडा आन्दोलनमा उत्रनु परेको बताए ।

मोरङको रंगेलीबाट गत बिहीबार पक्राउ परेका महेन्द्र मोरङ क्याम्पसको स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) र नेपाल विद्यार्थी संघ (नेविसंघ) का सदस्य दीपक यादव लगायत ६ जनालाई छाड्नुपर्ने लगायतका माग ४ दिन अगाडीदेखी नै राख्दै आएको थिए । आफ्ना मागहरु सम्बन्धीत निकायले नसुनेपछि गाडीमा आगजनी एवं तोडफोडमा वाध्य भएर उत्रनु परेको पौडेलले आवर विराटनगरलाई जानकारी दिए ।
निजी विद्यालयले लिने शुल्क कम गर्नुपर्ने र शिक्षक नियुक्ति नियम अनुसार हुनुपर्ने माग राख्दै पुगेका विद्यार्थीहरुको समूहले कार्यकक्षभित्रै प्रवेश गरेर रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार तथा हातपात गरेको सिसि फुटेजमा स्पष्ट देख्न सकिन्छ ।

सोही समूहको आक्रमणमा परेर नगरप्रहरीहरु सुनीता पौडेल, प्रमोद पासवान, पदमबहादुर थापा र ज्योति घिमिरे घाइते भएका थिए। आक्रमण एवं दुव्र्यवहारमा संलग्न यादवसहित ६ जनालाई पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा २३ वर्षीय यादवसहित २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन्।

तर, उनीहरुलाई बिनासर्त छाड्नुपर्ने माग राख्दै महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरु आन्दोलित बनेका हुन्। विद्यार्थीले शुक्रबार कोशी राजमार्गअन्तर्गत विराटनगरको रोडशेष चोकमा केहीबेर यातायात अवरुद्ध पारेर प्रदर्शन गरेका थिए । विद्यार्थीको अवरोध र प्रदर्शनले सवारीसाधन आवागमन केहीबेर ठप्प भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्