विराटनगरमा ट्यांकर र म्याजिक भ्यान ठोकिँएर दुर्घटना हुँदा एकको मृत्यु, ५ जना घाईते

<span class='c1'>विराटनगरमा ट्यांकर र म्याजिक भ्यान ठोकिँएर दुर्घटना</span> <span class='c2'>हुँदा एकको मृत्यु, ५ जना घाईते</span>

विराटनगर । विराटनगर ४ स्थित दुध फारममा ट्यांकर र म्याजिक भ्यान ठोकिँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

कोशी लोकमार्गअन्तर्गत दुध फारममा सोमबार दिउँसो ३ बजेतिर दुर्घटना हुँदा म्याजिकका चालकको मृत्यु भएको हो। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ ज ००१४ नम्बरको म्याजिक पश्चिमबाट पूर्वतर्फ आएर दक्षिणतर्फ मोडिँदै गरेको ना ७ ख १८७६ नम्बरको ट्यांकरमा ठोकिँएर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा म्याजिक चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ३० वर्षीय तिलक साहको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । गम्भीर घाइते भएका साहको उपचारका क्रममा गोल्डेन अस्पतालमा दिउँसो ४ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा विराटनगर महानगरपालिका–६ का ३६ वर्षीय शंकरप्रसाद शर्मा, ३५ वर्षीय मुन्नाकुमार दास, सुनसरीको दुहवी नगरपालिका–२ की ४० वर्षीया सविना खातुन, मोरङको रंगेली नगरपालिका–८ का २४ वर्षीय अमित सरदार र खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ का २२ वर्षीय सजिन मगर घाइते भएका छन्। मध्यम अवस्थाका घाइतेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरु सबै म्याजिकमा सवार थिए ।

दुर्घटनापछि फरार बनेका ट्यांकर चालक सप्तरीको हनुमाननगर घर भएका ३६ वर्षीय सञ्जय ठाकुरलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्