मानगढ खानेपानीलाई जनप्रतिनिधिमुलक संंस्था ठानेर विधान विपरित विराटनगरका अध्यक्ष बर्खास्त

<span class='c1'>मानगढ खानेपानीलाई जनप्रतिनिधिमुलक संंस्था ठानेर</span> <span class='c2'>विधान विपरित विराटनगरका अध्यक्ष बर्खास्त</span>

विराटनगर । श्री विराट खानेपानी सरसफाई उपभोक्ता संस्था, मानगढ खानेपानीको निर्वाचनमा फरक उम्मेदवारलाई सहयोग गरेको आरोपमा नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापालाई गरिएको कारबाही पार्टीकै विधान विपरित देखिएको छ । पार्टी विधानले आफ्ना सदस्यलाई कारबाही गर्नुपर्ने उल्लेख गरेको प्रावधान र संविधानले तोकेको क्षेत्र भन्दा बाहिर गएर एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले महानगरका अध्यक्ष थापासहितलाई कारबाही गरेको खुलेको हो ।

एमाले पार्टी विधानको दफा ८० को ३ र ६ बमोजिम कारवाही गरिएको भन्ने व्यहोराको पत्र कार्कीले हस्ताक्षर गरेर थापासहित तीन जनालाई पठाएका छन् । विधानको यो दफामा जनप्रतिनिधिमुलक संस्थाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्नेलाई कारबाही गरिने उल्लेख छ । एमाले मोरङको पछिल्लो अभ्यासमा मानगढ खानेपानीको कार्यस्मितिलाई समेत जनप्रतिनिधिमुलक संस्था मानेको देखिन्छ । जुन संस्थाको अध्यक्षका विरुद्ध अर्को अध्यक्ष उठाएको भन्दै पार्टीले कारबाही गरेको छ ।

जबकी संविधानले जनप्रतिनिधिमुलक संस्था भन्नाले संघीय संसद, प्रदेशसभा, स्थानीय तह र जिल्ला समन्वय समिति र पालिकासभाका जनप्रतिनिधिलाई जनाउने उल्लेख गरेको छ । एमाले मोरङले भने खानेपानी उपभोक्ता समितिको निर्वाचनमै पार्टीको आधिकारिक उम्मेदवार राम घिमिरे भएको र त्यसमा सागर थापा, नवराज नेपाल, लालमणी भट्टराईहरुले असहयोग गरेको भन्ने व्यहोरामा विधान अनुसार कारबाही गरिएको देखाउन खोजेको छ ।

जिल्ला कमिटीले महानगरपालिकाको अध्यक्ष पदबाट हटाएको र पार्टीको साधारण सदस्य निलम्बन गरेको विषयमा जानकारी दिनका लागि सोमबार आयोजित पत्रकार सम्मेलनमा थापाले कुनै वैधानिकता पुरा नगरी गरिएको कारबाही स्वतः खारेज भागीदार रहेको बताएका छन् । उनले पार्टीले आधिकारिक रुपमा उम्मेदवार उठाउने निर्णय नगरेको र खानेपानीका उपभोक्ताहरुले स्वतःस्फूर्त रुपमा लालमणीलाई अध्यक्ष बनाउन जाहेर गरेको मनसायका आधारमा अगाडी बढाइएको बताएका छन् ।

थापाले २०८१ जेठ ५ गते आयोजनाको क्याचमेन एरिया भित्र १, ३, ४ र १९ नम्बर वडाका पार्टीका अग्रज तथा पदाधिकारीले लालमणी भट्टराई अध्यक्ष समर्थन गर्ने भनि गरेको निर्णय जिल्लाका अध्यक्ष ऋषिकेश पोखरेललाई बुझाइएको थियो । नेकपा एमालेको जेठ १८ को बैठकमा मानगढ खानेपानीको निर्वाचनलाई एजेण्डाको रुपमा राखिएको थियो । जेठ १९ गते मानगढको निर्वाचन थियो । एमाले मोरङको १८ गतेको बैठकको सर्कुलर भने जेठ २० गते मात्रै जारी गरिएको अध्यक्ष थापा बताउँछन् । पार्टीको आधिकारिक धारणा मतदान भएको भोलिपल्ट सार्वजानिक भएका कारण पनि मानगढको विषयलाई लिएर कारवाही गर्नुपर्ने अवस्था नरहेको उनको बुझाई छ ।

सोमबारको पार्टी कार्यालय पाञ्चालीमै आयोजित पत्रकार सम्मेलनमा कारबाही गरिएका भनिएका थापाले विधान समेत अध्ययन नगरी किर्ते पत्र पठाएका कारण स्वतः अवैध भएको बताए । उनले अध्यक्ष बाबुराम कार्कीले विधान विपरित पठाएको पत्रका सम्बन्धमा आत्माआलोचना गर्नुपर्ने थापाको भनाई छ । यसैगरी उपसचिव नवराज नेपालले मानगढमा २६ वर्षदेखि एउटै व्यक्ति अध्यक्ष बनेर गरिरहेको भ्रष्टचार ढाकछोप गर्न योग्य नरहेको बताए । उनले अकुत रकम हिनामिना गरेका घिमिरे विरुद्ध संवैधानिक निकायमार्फत छानविन गराउनु पर्ने अवस्था रहेको बताए ।

अधिवेशन लक्षित कारबाही
पत्रकार सम्मेलनमा थापाले नेकपा एमाले मोरङ र विराटनगर महानगर कमिटीको अधिवेशन आउँदै गर्दा यसलाई प्रभावित बनाउने उद्देश्यले कारबाही गरिएको दावी समेत गरेका छन् । उनले विराटनगरको पार्टी चलायमान भईरहेको बेला यसको नेतृत्वमाथि हस्तक्षेप गर्ने मनस्थिति राखिएको बताएका हुन् । थापा आगामी निर्वाचनमा जिल्ला अध्यक्षको उम्मेदवार बन्ने तयारीमा रहेका थिए । यसैगरी महानगरपालिकामा उनले आफ्नो अनुकुल व्यक्तिलाई अध्यक्ष बनाउने कसरत गरिरहेका थिए । थापालाई अधिवेशन आउनु अगावै निष्कृय गरेर यसको संयोजक रोहित कोइरालालाई दिने तयारी गरिएको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्