छठ पर्वका अवसरमा सांगीतिक कार्यक्रम

<span class='c1'>छठ पर्वका अवसरमा</span> <span class='c2'>सांगीतिक कार्यक्रम</span>

विराटनगर, १५ कात्तिक । छठ पर्वको अवसरमा विराटनगर–१५ स्थित पिचरा नहरछेउमा भव्य सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । छठ पूजा समारोह समिति पिचराको आयोजनामा भएको कार्यक्रममा विभिन्न कलाकारहरूले गीत र नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी समारोहमा भजनकीर्तनसमेत प्रस्तुत गरिएको थियो ।
सो अवसरमा नेपाली कांग्रेस विराटनगर १५ वडा सभापति भीम कुँवर, समाजसेवी भवानी श्रेष्ठ, तीर्थेन्द्र न्यौपाने, यादनरसिंह कार्की, सरस्वती खरेल, डा. बलराम पौडेल, चन्द्रनारायण साह, नेपाल प्रेस युनियन मोरङका सचिव मीनकुमार नवोदित, कोशी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष नन्दु सरदार, समारोह आयोजक समितिका अध्यक्ष संजय ठाकुर, युवा अगुवा वसन्त अधिकारीलगायतले छठ पर्वको महत्व र त्यसको सांस्कृतिक पक्षका विषयमा मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्