विराटनगरको ग्रिनपिसले निकाल्यो शतप्रतिशत नतिजा

<span class='c1'>विराटनगरको ग्रिनपिसले निकाल्यो</span> <span class='c2'>शतप्रतिशत नतिजा</span>

विराटनगर । विराटनगर–६ स्थित ग्रिनपिस एकेडेमीले यस वर्षको एसईई परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ ।

ग्रिनपिस एकेडेमीले तेस्रो ब्याचमा आफ्ना सात जना विद्यार्थी सहभागी गराएकोमा सातैजना उत्तिर्ण भएको प्रिन्सिपल मो.हशिमले जानकारी दिनुभयो ।

उत्तिर्ण भएका विद्यार्थीहरुको नतिजा बी प्लस भन्दा माथि रहेको प्रिन्सिपल हशिमको दावी छ । २०५३ सालमा स्थापना भएको विद्यालय २०७६ सालदेखि नयाँ व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ । हाल विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म ४५० विद्यार्थी रहेको प्रिन्सिपल हशिमले जानकारी दिनुभएको छ ।

विद्यालय व्यवस्थापनले आधुनिक शिक्षण सिकाईलाई प्राथमिकतामा राखेको छ । यसैगरी यहाँ पढ्ने विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षणका लागि विराट नर्सिङ होमसँग सहकार्य रहेको छ । कारखाना कम्पनीसँगको सहकार्य गरेर विज्ञान र डिजिटल शिक्षाका लागि मिदाससँग पार्टनरसीप गरिएको प्रिन्सिपल उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्