महानगर बहुप्राविधिक शिक्षालयमा डिप्लोमा तहको पढाई हुँदै

<span class='c1'>महानगर बहुप्राविधिक शिक्षालयमा डिप्लोमा</span> <span class='c2'>तहको पढाई हुँदै</span>

विराटनगर । ४ वर्ष अगाडी विराटनगर महानगरपालिकाले सिटिईभिटीको साझेदारीमा सञ्चालनमा ल्याएको ‘महानगर बहुप्राविधिक शिक्षालय’ डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग, इलेक्ट्रिकल,आर्किटेक्चर,जियोम्याटीक्स इन्जिनियरिङ्ग शैक्षिक कार्यक्रमहरुको डिप्लोमा तहको पढाई हुँदै आएको छ ।

सीपयुक्त शैक्षिक कार्यक्रमको पढाई सुरु भएपछि विद्यार्थीको आकर्षण समेत उतिकै रहेकोछ । विराटनगर-२ स्थित सोमबारे हाटमा रहेको शिक्षालयमा अहिले ५०० जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

विराटनगर महानगरपालिकाले स्थानीय स्तरमा दक्ष प्राविधिक जनशक्ति अझै विकास गर्ने उद्धेश्यले सिटिइभिटिसंग साझेदारी गर्दै 'महानगर बहुप्राविधिक शिक्षालय ' संचालनमा ल्याएको विद्यालयका प्रधानाध्यापक इन्जिनियर परिवेश पराजुलीले जानकारी दिनुभयो । उक्त शिक्षालयमा नियमित पठनपाठन शैक्षिक सत्र २०७७ बाट शुरु गरिएको थियो ।

२०८१ सालको लागि विशेष गरी इन्जिनियरिङ्ग विधाका विभिन्न विषयका ३ वर्ष डिप्लोमा कार्यक्रमहरुमा भर्ना भईरहेको महानगर बहुप्राविधिक शिक्षालयले जनाएको छ। डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग अन्तर्गत डिप्लोमा इलेक्ट्रिकल इन्जिनियरिङ्ग,आर्किटेक्चर इन्जिनियरिङ्ग,जियोम्याटीक्स इन्जिनियरिङ्ग गरि शिक्षालयमा चारवटा संकायमा पढाइ हुँदै आएको छ।

प्रत्येक संकायमा ४८ जना विद्यार्थीको कोटा रहेको छ। १० प्रतिशत सिट आरक्षण विराटनगरवासी विद्यार्थीहरुका छुट्याइएको थियो भने यो शैक्षिक सत्रदेखि २५ जना विराटनगरवासीलाई पुर्ण तथा आंशिक छात्रबृत्तिको व्यवस्था विराटनगर महानगरपालिकाले गरेको प्रधानाध्यापक पराजुलीले जानकारी दिनुभयो। त्यसैगरी ३ वर्षे कोर्ष रहेको यस शिक्षालयमा सेमेष्टर प्रणालीमा पढाई हुने भएकाले ६ वटा सेमेष्टरमा पढाई हुन्छ जसको कुल खर्च जम्मा एक लाख ५० हजार रुपैयाँ पर्ने उहाँले बताउनुभयो।

शिक्षालयको सुविधा सम्पन्न नयाँ भवन विराटनगर–५ मा निर्माणाधीन चरणमा रहेको छ । भर्ना हुनका लागि आवेदन फारम भर्ने अन्तिम मिति २०८१ साउन १३ गते र प्रवेश परिक्षा साउन १९ गते हुने शिक्षालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्