प्राविधिक शिक्षालाई जोड दिँदै विराटनगरको आदर्श मावि

<span class='c1'>प्राविधिक शिक्षालाई जोड दिँदै</span> <span class='c2'>विराटनगरको आदर्श मावि</span>

विराटनगर । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयले प्राविधिक शिक्षालाई जोड दिँदै आएको छ।

वि.सं. १९८६ सालमा स्थापना भएको विद्यालयले पछिल्लो समय प्राविधिक शिक्षालाई जोड दिँदै आएको हो।

बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म संचालनमा रहेको विद्यालयमा अंग्रेजी र नेपाली माध्यमबाट कक्षाहरु संचालनमा रहेका छन्।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, प्रविधिमैत्री कक्षा कोठा, दक्ष तथा अनुभवी प्राध्यापक, शिक्षक,शिक्षिका र संस्कार सहितको शिक्षा उक्त विद्यालयका मुख्य आकर्षण हुन् ।

विद्यार्थीहरुको चाहना अनुसारका विषयहरु अध्यापन गराउने गरेको विद्यालयका प्रिन्सिपल सन्तोष पोखरेलले बताउनुभयो।

कक्षा ११ मा व्यवस्थापन,विज्ञान,शिक्षा र प्राविधिक शिक्षा कार्यक्रमअन्तर्गत १८ महिने र २४ महिने कम्प्युटर तालिम ३ वर्षे डिप्लोमा इन कम्प्युटर र डिप्लोमा इन सिभिल इन्जिनियरिङका कक्षाहरु सञ्चालन रहेका छन् ।

सरकारले मोरङ जिल्ला अन्तर्गत नै विज्ञान विषय अध्ययन गराउनका लागि योग्य विद्यालयको रुपमा छनोट गरेको र यस वर्ष छात्रवृत्ति प्रदान गरेको प्रिन्सिपल पोखरेलले बताउनुभयो।

विद्यालयभित्र विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, गणित ल्याबको व्यवस्था गरिएको छ ।विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु चिकित्सक क्षेत्र,प्राविधिक,इन्जिनियरिङ,प्रशासनिक क्षेत्रमा काम गरिरहेको र इतिहास हेर्ने हो भने नेपालका ५ जना प्रधानमन्त्रीहरु समेत यस विद्यालयमा अध्ययन गरेको प्रिन्सिपल पोखरेलले बताउनुभयो।

ऐतिहासिक विद्यालयमा अध्ययन गर्न पाउनु विद्यार्थीको लागि अवसर साथै गर्वको विषय पनि भएको विद्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्