विराटनगरमा लाइसेन्सको ट्रायल दिन बसेपछि सिसी टिभी बिग्रियो, कार्यालय प्रमुख भन्छन्–सेवाग्राही सिमसिमे पालाका रहेछन्

<span class='c1'>विराटनगरमा लाइसेन्सको ट्रायल दिन बसेपछि सिसी टिभी</span> <span class='c2'>बिग्रियो, कार्यालय प्रमुख भन्छन्–सेवाग्राही सिमसिमे पालाका रहेछन्</span>

विराटनगर । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले बुधबार लिने भनिएको ट्रायल बिहान ७ बजेदेखि तय भएको थियो ।

लिखित परीक्षामा पास गरेर ट्रायल दिन बिहानै सेवाग्राही लाइनमा बसे । बिहान ७ बजेदेखि हुनुपर्ने ट्रायल सुरु भएन । सेवाग्राहीले किन भएन भरेर सोधे–कार्यालयका अधिकारीहरुले सिसी टिभी बिग्रेकोले एकछिन् मर्मतका लागि समय लाग्नेभयो ।

सेवाग्राही १० बजेसम्म धैर्य गरेर बसे । त्यसपछि कार्यालयले सुचना दियो–सिसी टिभी मर्मत गर्नुपर्ने भएकोले आजको ट्रायल अर्को सुचना नहुँदासम्म स्थगित गरिएको छ । कार्यालयमा हिजो चलिरहेको सिसी टिभी आज किन एक्कासी बिग्रियो भन्दै सेवाग्राहीले रित्तो हात फर्किए ।
यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका प्रमुख पाक्रम खाँले भने सेवाग्राही सिमसिमे पालाका भएको बताए । उनीसँग सेवाग्राहीले पूर्व सूचना नपाएको गुनासो गरेका छन्, भनेर प्रश्न गर्दा भने–त्यत्रो सूचना दिएर उनीहरुलाई फर्काइएको अनि पनि गुनासो गर्दछन् भने–‘भनिदिनुहोस् तिमेरु सिमसिमे पालाका रहेछौं ।’

उनले सिसी टिभी निगरानी बाहेक ट्रायल लिन पाइदैन भन्ने कुरा कानुनी रुपमा स्थापीत भएकोले प्राविधिक समस्या आएपछि ट्रायल रोक्नु परेको कुरा शिक्षित सेवाग्राहीले बुझ्नुपर्ने बताएका छन् । सिसी टिभी मर्मत गरेर पूर्ण सञ्चालनमा आएपछि मात्रै ट्रायल सुरु हुने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्