विराट गोल्डकप : तीसलाख नउठ्दा, तीन लाख नाफा कमाउने लक्ष्य अलमल

<span class='c1'>विराट गोल्डकप : तीसलाख नउठ्दा, तीन</span> <span class='c2'>लाख नाफा कमाउने लक्ष्य अलमल</span>

विराटनगर । विराटनगरमा आठौं संस्करणको विराट गोल्डकप आयोजकले लक्ष्य अनुसारको रकम संकलन नहुँदा नराम्रो घाटामा जाने संभावना देखिएको छ । २०८० चैत १५ गतेबाट भएको विराट गोल्डकप अझैं २७ लाख घाटा रहेको छ । जसको पूर्ति प्रदेश सरकारले दिने २५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले दिने पाँच लाखबाट हुन्छ ।

विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार प्रदेश सरकारको फेरबदल र राष्ट्रिय खेलकुद परिषद्को आनाकानीको चेपुवामा गोल्डकपको रकम फसेको बताए । उनका अनुसार एक करोड २५ लाख लागत अनुमान गरिएको खेलकुद प्रतियोगितामा यदि ३० लाख रकम संकलन भए तीनलाख रुपैँया नाफा हुनेछ । सरकारले दिने भनेको २५ लाख र राष्ट्रिय खेलकुद परिषद्को पाँचलाख आए हामीलाई नाफा हुन्छ, शाहीले भने–ट्रष्टले बाँकी क्षेत्रसँग राखेको अपेक्षा अनुसारको रकम उठेको छ ।

रात्रिकालीन खेलको उद्घाटन तत्कालिन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरेका थिए । उनको पालामा गोल्डकपलाई २५ लाख दिने भनेर प्रक्रिया बढाइएको थियो । गोल्डकपको नाममा सामाजिक विकास मन्त्रालयले टिप्पणी समेत उठाईसकेको फायल सरकार फेरबदलसँगै घर्रामुनी घुसेको छ । अध्यक्ष शाहीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले साउन लागेपछि गोल्डकपको पैसा दिने आश्वासन दिएको उनले बताए । प्रदेश खेलकुद बोर्डका सदस्य सचिवले समेत पहलका लागि सहयोग गर्ने आश्वासन दिनु भएकोछ, शाहीले भने–चाँडै नै मुख्यमन्त्रीमार्फत ट्रष्टको मारलाई बुझिदिन आग्रह गर्दछौं ।
शाहीले राष्ट्रिय खेलकुद परिषद्ले समेत दिनुपर्ने रकम दिन ढिलाई गरेको गुनासो गरे । अहिले पेरिस ओलम्पिकमा सबै व्यस्त हुनुहुन्छ, आएपछि हामीले त्यहाँ पनि कुरा पहल गछौं, अध्यक्ष शाहीले भने–यदि तीसलाख रुपैँया आएन भने विराट गोल्डकप पहिलो पटक ठूलो घाटामा जाँदैछ । उनले आउनु पर्ने तीस लाख रुपैँया ट्रष्टको खातामा आए तीन लाख मुनाफा हुने दावी गरेका छन् । यद्यपी विराट गोल्डकपको सञ्चारमाध्यमसँग प्रचार सम्झौता गरेको रकम समेत अझैसम्म दिइएको छैन ।

आठौं संस्करणमा तीन विभागियसहित, ए डिभिजन र पाहुना टिम भारतका दुई र भुटानको एक तथा घरेलु टिम साँग्रिला सहभागी भएको थियो ।
प्रतियोगिता अवधीभर १ करोड १८ लाख ४३ हजार २ सय लाग्ने खर्च हुने आयोजकको अनुमान थियो । विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख ५० हजार र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार त्यसैगरी उत्कृष्ट गोलरक्षकलाई २१ हजार , सर्वाधिक गोलकर्तालाई नगद २१ हजार र सर्वोउकृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिएको थियो । गोल्डकपको उपाधि साँग्रिला मोरङलाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लबले जितेको थियो ।

आयोजकले हालसम्म खेलकुद प्रतियोगिताको आय–व्यय सार्वजानिक गरेको छैन । सुरुमै सरकारी कार्यालयको रकम ल्याउने दुई पक्षीय सम्झौता नभएका कारण पनि अहिले गोल्डकप असजिलोमा परेको बताइन्छ । प्रस्ताव पेश गरेर टिप्पणी उठेपनि सम्झौता भने भईनसकेका कारण सामाजिक विकास मन्त्रालयले पैसा दिन अस्वीकार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्