कोशी अस्पताल विराटनगरबाट भागे कैदी, शौचालय भन्दै गेटबाट बाहिरीए

<span class='c1'>कोशी अस्पताल विराटनगरबाट भागे कैदी,</span> <span class='c2'>शौचालय भन्दै गेटबाट बाहिरीए</span>

विराटनगर । कोशी अस्पतालमा उपचारका क्रममा रहेका जिल्ला कारागारका कैदी मोहमद अहमद बिहीबार बिहान भाग्ने पूर्व योजना नै बनाएको आशंका प्रहरीले गरेको छ । जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालतले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला सुनाएका उनी अस्पतालमा मंगलबार साँझ भर्ना भएका थिए ।

उनलाई मंगलबार नै जसले मुद्दा हालेको थियो, उहीँ किशोरीले भेटेकी थिइन् । बुधबार बेलुका उनका भाईले अस्पतालमा खाना लगेका थिए । बिहीबार बिहान अस्पतालबाट सुस्तरी गेटसम्म निस्केका उनी त्यसपछि घर पुगेका थिए । घरबाट उनले आफ्नै भाईको मोबाइल समेत बोकेर हिँडेको प्रहरीले बताएको छ ।
मोरङ प्रहरीका उपरीक्षक नवराज कार्कीका अनुसार मोहमद बालिकासँग प्रेम सम्बन्धमा थिए । उनीहरु भागेर विवाह गरेपछि परिवारले बालिका छुटाउन जर्बरजस्ती करणीको मुद्दा लगाए । मुद्दामा अदालतले दोषी ठहर गरेपछि उनी १७ महिनादेखि कारागारमा कैद भुक्तान गरिरहेका थिए । प्रहरी उपरीक्षक कार्कीका अनुसार अहिले कक्षा १० मा अध्ययनरत १७ वर्षकी बालिकाले उनीसँग भेटेको दुई दिनमा भागेका छन् ।

प्रहरीले उनले पूर्व योजना बनाएर भागेको हो की भन्ने आशंकामा बालिकासँग समेत केहि सोधखोज गरेको छ । त्यस बाहेक फरार महमदका भाईको मोवाइल लिएर गएकोले उनलाई बोलाएर सोधखोज गर्ने काम भईरहेको छ । अनुसन्धानमा छौं, अहिले नै यहि भन्न सकिने अवस्था छैन, उपरीक्षक कार्कीले भने–खोजतलास भईरहेको छ ।

मोहमदलाई मंगलबार उपचारका लागि भर्ना गरिएको थियो । उनी बिहीबार बिहान अस्पतालबाट सुस्तरी बाहिर निस्केका थिए । प्रहरीले विभिन्न माध्यमका रेकर्डमा उनलाई अस्पताल परिसरमा प्रहरीले पनि हेरिरहेको जस्तो देखिएको छ । बाहिरी परिसर हेरेको प्रहरी फर्केर भित्र पसेपछि मात्रै कैदी भागेको जस्तो गरेर पछ्याएको देखिएको हो । तर, मोहमद भागदौड नगरी विस्तारै अस्पताल परिसरबाट गेटसम्म आएपछि मात्रै हराएको सिसी टिभी फुटेजमा देखिएको स्रोतले बताएको छ ।

यसमा कारागार प्रशासनको समेत संलग्नता हुनसक्ने संभावित भूमिका बारे प्रहरीले सुक्ष्म अध्ययन गरिरहेको छ । पेट दुख्ने समस्या भएपछि अहमदलाई कोशी अस्पताल भर्ना गरिएको भनिएको छ । विराटनगर महानगरपालिका–८ घर भएका अहमदले जुन तरिकाले अस्पताल परिसर छोडेका छन्, त्यसले समेत निगरानीमा बसेका प्रहरीलाई केहि न केहि समस्या पर्नसक्ने देखिएको छ ।

अस्पतालमा कारागारबाट प्रहरी सहायक हवल्दार राजीवराज भण्डारी र प्रहरी जवान ज्ञानेन्द्र कटुवाल खटिएका थिए । कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार अस्पताल परिसरबाट उनी आरामले निस्केको देखिएको छ । अहमदसँगै अर्का एकजना कैदीलाई एउटै हतकडी लगाइएको थियो । ती अर्का कैदीले भने अहमदको हतकडी खोलेको जानकारी नपाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्