विराटनगर । विराटनगर-२ स्थित सेन्टजोसेफ+२ ले यस वर्षको कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ।
एक सय १४५ जना विद्यार्थी सहभागी गराएकोमा१३६ जना उत्तीर्ण भएको सेन्टजोसेफ+२ का कोडिनेटर सीपी ढुंगेलले जानकारी दिए।
४६ वर्षदेखि निरन्तर पठनपाठन गराउदै आएको सेन्टजोसेफले २०८० सालको कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याएको छ।
सेन्टजोसेफले प्लस टु तर्फ साइन्स ,म्यानेजमेन्ट र होटल म्यानेजम्यान्ट अध्ययापन गराउदै आएको छ । हालै सार्वजनिक भएको कक्षा १२ को नतिजा अनुसार साइन्समा १०० प्रतिशत,होटल म्यानेजमेन्टमा १०० प्रतिशत र म्यानेजमेन्टमा ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको सेन्टजोसेफ+२ ले जनाएको छ।
सेन्टजोसेफबाट १४५ जना सहभागी भएकामध्ये १३६ जना उत्तीर्ण भएको कोडिनेटर ढुंगेलले जानकारी दिएका छन् । ३.० देखि ४ जीपीएसम्म २९ जना, २.५ देखि ३.० जीपीएसम्म ७० जना, २.० देखि २.५ जीपीएसम्म ३७ जना विद्यार्थी उत्तीर्ण भएको जानकारी दिइएको छ । ९ जना विद्यार्थी नेन–ग्रेड रहेका छन् ।
सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, व्यवस्थित कक्षा कोठा, दक्ष तथा अनुभवी प्राध्यापक, प्रशिक्षकबाट प्रशिक्षण प्रदान गराउदै आएको सेन्टजोसेफले जनाएको छ।
दक्ष तथा अनुभवी प्राध्यापक, प्रशिक्षकबाट प्रशिक्षण गराईने हुँदा विगतको वर्षहरुमा झैँ यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको सेन्टजोसेफ+२ का निर्देशक रोहित जंग थपलियाले बताए।