दलहरुलाई मिलेर अघि बढ्न सुझाव

दलहरुलाई मिलेर अघि बढ्न सुझाव

बिराटनगर १८ कार्तिक । संबिधानसभाका उपाध्यक्ष पुर्णा कुमारी सुबेदीले बिकासमा राजनितिक प्रतिष्पर्धा हुन नहुने बताएकि छिन् । शुक्रबार बिराटनगरमा जी पी सेन्टर बिराटनगरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दलहरुबिच बिकासका लागी सहकार्य हुनुपर्ने धारणा राखेकी हुन । उनले दलका स्थानिय नेताहरुलाई राजनितिक र बिकासका गतिबिधीलाई संगैसंगै अगाडी बढाउन सुझाव दिइन् । उनले दलहरुबिच गत मंगलबार शान्ति प्रक्रियाका सम्बन्धमा भएको सात बुदे सहमतीले बिकासका लागी उचित वातावरण बनाउने बिश्वास ब्यक्त गरिन् । बिकासका लागी राजनितिक स्थायित्व आवश्यक पर्ने भन्दै उनले दलहरुबिचको सात बुदे सहमतीले त्यस्तो बातावरण निर्माण गर्ने बताइन् । संबिधान लेखनका काम नभएको भन्दै सबैबाट आलोचना भइरहेपनि अप्रत्यक्ष रुपमा संबिधान निर्माणको काम भइरहेको उनको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले बिराटनगरको बिकासका लागी सबैले आ आफ्नो ठाउबाट सहयोग गर्नुपर्ने धारणा ब्यक्त गरिन् । कोइरालाले अब बिभिन्न क्षेत्रमा बिशेषज्ञता हासिल गरेका बिशिष्ट ब्यक्तिहरुले आफ्नो क्षेत्रको बिकासका लागी चिन्तित हुनुपर्ने भन्दै बिराटनगरको बिकासका लागी योगदान गर्न आग्रह गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्