विराटनगरबाट भारत पढ्न जाने विद्यार्थीको संख्या उल्लेख्य

<span class='c1'>विराटनगरबाट भारत पढ्न जाने</span> <span class='c2'>विद्यार्थीको संख्या उल्लेख्य</span>

इशु पन्त
विराटनगर । विराटनगरका प्रज्वल पन्त प्लस टु सकाएर अध्ययनका लागि भारतमा छन् ।

उनको बुझाई नेपालमा भन्दा भारतमा पढ्न सहज छ । मार्कसिट सर्टिफिकेटमा ब्याक लागेको तारा नदेखाउनेदेखि मौका परीक्षाका लागि प्रशस्त पढ्न पाउने विदा मिल्नेसम्मले उनलाई भारतमा गएर पढ्न मन लागेको सुनाउँछन् । अर्को कुरा विश्वविद्यालयको स्तर समेत नेपालमा भन्दा धेरै राम्रो छ । विश्वविद्यालय अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त र विश्वव्यापी रूपमा शीर्ष ७०० स्थानमा रहेको उनले बुझेका छन् ।

पछिल्लो समय विराटनगरबाट भारत पढ्न जाने पन्त जस्तै विद्यार्थीको संख्या उल्लेखनीय रहेको छ । यहाँका विभिन्न कन्सल्टेन्सीहरुमार्फत भारतका शैक्षिक केन्द्रसँगको परामर्शमा पुग्नेदेखि भारतकै कतिपय विश्वविद्यालयका प्रतिनिधिहरुमार्फत विद्यार्थी त्यहाँ पुग्ने गरेका हुन् । विराटनगरमा मात्रै यसरी शैक्षिक परामर्शको लागि खुलेका संस्थाहरुको संख्या ४० को हाराहारीमा छ । तीमध्ये अहिले चलिरहेको अचिभर्सका सञ्चालक सुनिल जैसवालका अनुसार समयमै कोर्ष सकिने र उत्तीर्ण दर बढी भएका कारण धेरै विद्यार्थी जान चाहन्छन् ।

शैक्षिक सत्र सुरु हुने अगावै युनिभर्सिटीका प्रतिनिधिहरू ठूलो खर्च गरेर विराटनगरमा शैक्षिक मेला लगाउने गरेका छन् । विद्यार्थी उपस्थिति गराउन यहाँका शैक्षिक संस्थादेखि कन्सल्टेन्सीहरुले समेत सहयोग गर्ने गरेका छन् । ईच्छुक विद्यार्थीलाई आकर्षण गर्नका लागि विभिन्न सुविधा प्याकेज दिने गरिएका कारण पनि अभिभावक राजी भएर पठाउने गरेका छन् । अभिभावक मुकेश कार्कीका अनुसार, भारतमा उच्च शिक्षा प्राप्त गर्न सहजता र गुणस्तरमा फरक छ । उनले भारतका विश्वविद्यालयहरूमा विषयहरूको विविधता, आधुनिक पूर्वाधार, अनुभवी शिक्षकहरू मात्र नभएर हरेक कोर्ष मै विशिष्टीकरण रहेको दावी गरे ।

ठ्याक्कै यकिन तथ्यांक नभएपनि विराटनगरका विद्यालयमा पढेर उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीको संख्या निक्कै हुने गरेको छ । भारतका विभिन्न विश्वविद्यालयमा पढ्न जाने र नेपालमा नर्सिङ्ग शिक्षामा लागेको कानुनी व्यवधानले भारत गन्तव्य बनाउनेहरु समेत उतिकै रहेको बताइन्छ । कतिपय भारतीय शैक्षिक संस्थाले जोगबनी बोर्डरबाट नर्सिङ पढ्न जाने विद्यार्थीलाई लैजाने गरेको समेत बताइन्छ ।

विद्यार्थीलाई आफ्नो देश भन्दा बाहिर गएर पढ्न मन नभएको तर आफूले आश गरे जस्तो वातावरण र शैक्षिक प्रणाली नभएकाले बाहिर गएर पढ्न बाध्य भएको यस राठीले बताउँछन्।भारतको जस्तो पूर्वाधार आधुनिकरण , सहजता र लचिलोपन नेपालमा नरहेको उनी बताउँछन। भारतको शैक्षिक प्रणाली राम्रो भएको विश्व बजारमा प्रतिस्पर्धा गर्न सजिलो हुने उनको बुझाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्