विराटनगरमा सटर खाली : सहकारीको बचत डुब्यो, बजारको व्यापार

<span class='c1'>विराटनगरमा सटर खाली : सहकारीको</span> <span class='c2'>बचत डुब्यो, बजारको व्यापार</span>

इन्दु साह
विराटनगर । विराटनगरको मुख्य बजारका सटर लहरै बन्द देखिन्छन् । व्यापारिक प्रयोजनका लागि घरधनीसँग सम्झौता गरेर कारोबार गरिरहेका व्यापारीहरु एकाएक बन्द गर्ने अवस्थामा पुगेका छन् ।

नेपालको पूर्वी व्यापारिक केन्द्र मानिने विराटनगरलाई सीमा क्षेत्रले समेत व्यापारलाई असर पारिरहेको छ । त्यसमाथि सानो लगानी गरेर व्यापार गरिरहेकाहरुलाई सहकारीले चुर्लुमै पारिदिएको छ । साना व्यापारीहरुको छाता संस्था विराट व्यापार संघका अध्यक्ष अंशु बन्जराका अनुसार कोरोनाको महामारीपछि सहकारीले पारेको संकट व्यापारीका लागि पीडादायी छ । घरको भाडा, कमाईको बचतका लागि सहकारीमा राखेको रकम लिएर सञ्चालक फरार भएपछि व्यापारीहरुसँग विकल्प सकिएपछि सटर बन्द गर्ने स्थिति आएको हो।

अध्यक्ष बन्जराका अनुसार अहिले किराना, कस्मेटिक, मदिरा र फास्टफुड आईटम चलाउनेहरु अधिक मारमा परेका छन् । बजारमा अधिकांश व्यापारीले दैनिक चारपाँच सहकारीमा बचत गर्ने गरेका थिए । थोरै थोरै रकम जम्मा गरेपनि एउटामा जम्मा गरेकोल भाडा, अर्कोमा जम्मा गरेर बचत, अर्कोमा गरेको सन्तानको विद्यालय शुल्क, अर्कोमा गरेको घर खर्च हुने गरेको थियो । अहिले विराटनगरमा पहिलो नम्बरमा सटरहरुको व्यापारको स्वामित्व बिक्री गर्ने, व्यक्ति परिवर्तन हुने, पसल नै बिक्री हुने स्थिति नआए सामान मूल्यांकन गरेर अर्को पसलमा बिक्री गर्ने र सटर खाली गर्ने क्रम धेरै रहेको बताइन्छ ।

त्यसैगरी सहकारीका कारण अहिलेसम्मको बचत सिद्धिएर विकल्पविहीन भएकाहरुले कारोबार नै बन्द गर्ने गरेका छन् । अध्यक्ष बन्जराले अहिले विराट व्यापार संघले आफ्नो क्षेत्राधिकारको व्यापारमा आईरहेको समस्याको अध्ययन समेत गरिरहेको जानकारी दिए । उनले भने–कर्मचारी खटाएर दैनिक २०/२५ जना व्यापारीको समस्या सुन्दै आएका छौं, त्यस क्रममा अधिकांशले सहकारीले डुबाएको गुनासो गरेका छन् ।

विराट व्यापार संघका निवर्तमान अध्यक्ष नरेश खत्रीले विभिन्न कारणले व्यापार खस्कदो क्रममा रहेको बताए । उनले व्यापारमा जोडिन चाहने युवाहरुमा राजनीतिक अस्थिरताका कारण निरासा जाग्ने भएकोले व्यापार छोड्ने र विदेश पलायन हुने मनस्थिति आउने गरेको सुनाए । उनले पछिल्लो एकवर्षमा बजारमा थप दश प्रतिशत सटरको कारोबार बन्द भएको जानकारी दिए । उनले न्यून व्यापार र महंगो भाडाले समेत सटर बन्द गर्नुपर्ने अवस्था आउने गरेको बताए ।

कोभिड–१९ पछिको आर्थिक संकटबाट अझै विराटनगरका व्यावसायिहरु उठ्न नसकेको उनको भनाई छ । भारतसँग नाका जोडिएको हुँदा विराटनगरको व्यापारमा असर परेको उनले बताए । सिमावर्ती क्षेत्रबाट तस्करी, क्यारिङ्गमार्फत सामाग्री विराटनगर भित्रने गरेको उनको भनाई छ । विराटनगरका बजार क्षेत्रमा सामान्य सटरको समेत मासिक १० हजार देखि सुरु भई ५० हजार सम्म भाडा बुझाउनु पर्ने स्थिति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्