विराटनगरले माग्यो छात्रवृत्ति विवरण : कक्षा ११ मा पढ्दै हुनुहुन्छ, खुल्यो आवेदन

<span class='c1'>विराटनगरले माग्यो छात्रवृत्ति विवरण : कक्षा</span> <span class='c2'>११ मा पढ्दै हुनुहुन्छ, खुल्यो आवेदन</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले नयाँ शैक्षिक सत्रको आधा पढाई सकिएपछि छात्रवृत्ति आवेदन माग गरेको छ । संस्थागत विद्यालयहरुले विद्यार्थीका लागि अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, शिक्षा ऐन, शिक्षा नियमावलीमा उल्लेख भए अनुसार दिनुपर्ने कक्षा १–१२ को छात्रवृत्तिको आवेदन भर्खर माग गरिएको हो ।

नयाँ शैक्षिकसत्रका कार्यक्रम बैशाख २ गतेदेखि नै सुरु हुन्छन् । कक्षा १–१० का लागि समेत महानगरपालिकाले साउन १७ गते निर्णय गरेको छ । महानगरपालिकाको छात्रवृत्ति समितिले गरेको निर्णय अनुसार भदौ २० गतेसम्ममा विद्यालयसँग विवरण माग गरिएको छ । संस्थागत विद्यालयहरुले विद्यालयमा भर्ना भएका विद्यार्थी संख्या, छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीको विवरण पठाउन महानगरपालिकाले भनेको छ । संस्थागत विद्यालयहरु भर्नाको शुल्क लिएको चार महिनापछि मात्रै महानगरपालिकाले भने छात्रवृत्तिको विवरण पठाउनु भन्दै परिपत्र गरेको हो ।

यसैगरी विराटनगर महानगरपालिकाले कक्षा ११ र १२ का लागि समेत छात्रवृत्ति आवेदन खुल्ला गरेको छ । महानगरपालिकाको छात्रवृत्ति व्यवस्थापन समितिको निणर्य अनुसार संस्थागत विद्यालयहरूले कक्षा ११ मा अध्ययनरत १० प्रतिशत विद्यार्थीहरूका प्रदान गर्ने छात्रवृत्तिको आवेदन माग गरिएको हो ।

छात्रवृत्तिका लागि विद्यार्थीहरूले श्रासन ३२ गते भित्र आफ्नो अध्ययन गर्न चाहेको विद्यालय वा शैक्षिक प्रशासन महाशाखामा फाराम बुझाउनुपर्ने महाशाखाले जनाएको छ । फाराम बुझाउने विद्यार्थीहरूका लागि छात्रवृति सम्बन्धि परीक्षा भदौ ६ गते सञ्चालन हुने जनाईएको छ । छात्रवृत्तिको लागि विद्यार्थीहरूले कक्षा १० को पाठ्यक्रमबाट ९० अङ्क र सामान्य ज्ञानबाट १० अङ्क गरी जम्मा १०० अङ्कको परीक्षा दिनुपर्ने सुचनामा उल्लेख छ ।

उत्तीणर् हुन कम्तीमा ३५ अङ्क आवश्यक पर्नेछ। महानगरपालिकाको छात्रवृत्ति वितरण कार्यविधि अनुसार जेहेन्दार, विपन्न र जनजाति छात्रहरूका लागि कुल छात्रवृत्तिको ८० प्रतिशत आरक्षण गरिएको छ। यसमा जेहेन्दारका लागि ३५ प्रतिशत, विपन्नताका लागि ३५ प्रतिशत र जनजातिका लागि १० प्रतिशत छुट्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्