विराटनगरको भीडभाडमा भारतीय गाडीको जाम

<span class='c1'>विराटनगरको भीडभाडमा भारतीय</span> <span class='c2'>गाडीको जाम</span>

इशु पन्त
विराटनगर । विराटनगरमा दैनिक सरदर १०७ वटा भारतीय नम्बरका साना तथा ठुला चारपाङ्ग्रे सवारी भित्रन्छन् । दैनिक भित्रने यी सवारीमध्ये ९२ वटा भारततर्फ फर्कन्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको साउन महिनाको ३० दिनको तथ्यांक अनुसार तीन हजार २०५ सवारी भित्रिएकोमा दुई हजार ७६६ सवारी फर्किएका छन् ।

विराटनगरको सडकमा इन्डियन नम्बर प्लेटका गाडीहरूको संख्या दिनानुदिन बढिरहेको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अहिले यी सवारीका लागि पटके सवारी कर संकलन केन्द्र स्थापना गरेको छ । साना चारपाङ्ग्रे साधनबाट ५ सय र ठूलाबाट एक हजार ५०० संकलन गरिन्छ ।

नेपालको मुख्य औद्योगिक केन्द्र बिराटनगर भएका कारण इन्डियन नम्बर प्लेटका मालवाहक गाडीहरूको उल्लेखनीय उपस्थिति देखिनु साधारण नै हो। मालवस्तु बोकेर नेपाल भित्रने यी सवारी २४ घण्टामाा पुनः भन्सार हुँदै भारत फर्कन्छन् ।
तर, निजी सवारीसाधनको आवागमन बढिरहँदा ट्राफिक व्यवस्थापनमा चुनौती बढ्दै गएको छ । विराटनगरमा त्यसैपनि सवारी आवागमन सिस्टम कमजोर छ । पाइडलवाला रिक्सा बिस्थापित गर्दै भित्रिएका सिटी सफारी र अटोले शहरको सडक भरिएको छ । विराटनगरमा अस्तव्यस्त शहरी प्रणाली भित्र भारतीय नम्बर प्लेटका साना सवारीको लावालस्करले सडकमा सवारी आवागमन व्यवस्थापनमा भने ठाडो चुनौती दिदैं आएको छ ।

भारतीय गाडीहरू नेपाल प्रवेश गर्दा सरल प्रक्रिया र कम शुल्क तोकिएका कारण सहज रूपमा आउन सक्छन् । मोटरसाइकल र स्कुटर प्रवेशाज्ञाको कुनै शुल्क छैन । नेपाली गाडीहरूलाई भारतीय बोर्डर पार गर्न सिमाना मिच्ने विशेष अनुमति चाहिन्छ, जसलाई पाउन समय लाग्छ र केही जटिलताहरू पार गर्नुपर्छ। तर, भारतबाट मालवहाक बाहेक साना चारपाङ्ग्रे र मोटरसाइकलको आवत जावतले ट्राफिक जामसँगै अपराध समेत सँगसँगै निम्त्याईरहेको छ । खुल्ला सीमाबाट समेत गाडीहरु प्रवेश गर्ने गरेका छन् । सीमा क्षेत्रका कारण सुरक्षा समस्या पनि उत्पन्न हुन सक्छ । भारतबाट गाडी मात्रै नभई चोरी, डकैती, लागुऔषध ओसारपसार, हुण्डिको रकम वारवार, गाँजा ओसार्ने जस्तो कार्यहरु हुने गरेका छन् ।

भारतमा गाडी प्रवेश गर्न नेपाली गाडीहरूले विशेष कर र शुल्क तिर्नुपर्ने व्यवस्था छ, जसले गर्दा नेपाली गाडीलाई भारतीय बोर्डर पार गर्न निकै समय लाग्ने र प्रक्रिया पुर्याउन समस्या लाग्छ । तर भारतीय गाडीहरूको प्रवेश प्रक्रिया सरल र छिटो भएको कारण पनि बिराटनगरमा अहिले दिनहुदिन इन्डियन नम्बर प्लेट भएको गाडी देखिने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्